आज २०८१ साल चैत १९ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८१ साल चैत १९ गते मंगलबारको राशिफल


१९ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल चैत १९ गते मंगलबार चैत शुक्ल पक्षको तृतिया तिथि। विश्व मूर्ख दिवस। तदनुसार सन् २०२५ अप्रिल १ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। मनमा शान्ति मिल्नेछ। ठुलालाई सम्मान गरेर अगाडि बढ्नुपर्नेछ। सम्पत्ति बढ्नेछ। रोगबाट मुक्त हुने योग छ। सानो कमजोरीले ठुलो क्षति हुने हुँदा व्यवहारमा सचेत बन्नुपर्नेछ।

वृष : तपाईंको बोलीकै कारण महत्त्वपूर्ण काम बन्नेछ। साथीभाइको साथ लिएर अगाडि बढेमा हरेक काममा सफलता मिल्नेछ। विदेशमा गरेको लगानीबाट आम्दानी बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ। प्रेम सम्बन्धमा उत्साह बढ्नेछ।

मिथुन : पूर्व कर्म सम्झिएर हिनताबोध हुनेछ। विपक्षी साथीसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने समय छ। सम्पत्ति सञ्चित गरेमा फाइदा हुनेछ। परिवारको साथ मिल्ने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दिन राम्रो छ। जग्गाको कारोबारमा फाइदा हुनेछ। शेयरमा लगानी गरेको भए नाफा हुनेछ। धार्मिक क्षेत्रमा सहभागी हुने चासो बढ्नेछ। प्रतिक्षा गरेमा परीक्षाको नतिजा राम्रो प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुने योग छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने जोखिम छ। परिवारभित्रबाट भन्दा बाहिरका व्यक्तिले प्रशंसा गरेको सुन्न पाइने छ।

कन्या : खानपानमा रुचि नहुने जोखिम रहनेछ। परिवारले असहयोग गर्दा मन दुःखी हुनेछ। शिक्षाका क्षेत्रमा प्रगति हुनेछ। धार्मिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ।

तुला : परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। रोगबाट मुक्त हुने सम्भावना धेरै छन्। शिक्षामा प्रगतिका लागि मिहिनेत गर्नुपर्नेछ। आम्दानी बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको श्रमको सदुपयोग हुनेछ।

वृश्चिक : दिन सामान्य छ। मन अशान्त बन्ने जोखिम छ। प्राविधिक शिक्षामा प्रगति हुनेछ। शिक्षाको लगानीबाट फाइदा हुनेछ। गुरुसँग नम्र भएर प्रस्तुत हुनुपर्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धनु : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। लेखन सिर्जनामा सक्रिय भए उन्नति हुनेछ। विपक्षीको साथले महत्त्वपूर्ण काम बन्नेछ। राज्यबाट भने सचेत बन्नुपर्ने समय छ।

मकर : सञ्चित धन खर्च हुने दिन छ। इज्जतमा दाग लाग्ने हुनाले सचेत बन्नुपर्ने समय छ। बिहान धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : साढेसातको प्रभाव कडा देखिन्छ। टाउको दुख्ने समस्या बढ्नसक्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ। व्यापारमा गरेको सहकार्यबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मीन : धनलक्ष्मी योग परेकाले सोचेका काम सहज बन्नेछन्। साथीसँग व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। गोप्य कुरा साथीलाई नसुनाउँदा फाइदा हुनेछ। गल्ती अरुले गरे पनि दोष तपाईंमाथि आइपुग्ने हुँदा काम गर्दा विशेष ध्यान दिनुपर्ने समय छ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  ५ : ०७ बजे

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

काठमाडौं- पशुसेवा विभागले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण

सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं– सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन भएको

इरानमा कडा अनुगमन आवश्यक : आईएईए

तेहरान- मध्यपूर्व युद्धपछि इरानको आणविक कार्यक्रममाथि कडा अन्तर्राष्ट्रिय निगरानी आवश्यक

हिजबुल्लाहको दाबी : शान्ति सम्झौता अमेरिका र इजरायलको हार

बेरुत- हिजबुल्लाहका प्रमुख नईम कासिमले इरान दृढतापूर्वक अडिग रहेर अन्ततः

भारतमा मन्दिरबाट चोरी र प्रसादको दुरुपयोग गरेको आरोपमा आठजना पक्राउ

लखनऊ– भारतीय प्रहरीले उत्तर प्रदेश राज्यको राम मन्दिरमा  चोरी र