कर्णालीका ७१८ वडालाई विषादी प्रयोगसम्बन्धी वर्गीकरण « Khabarhub

कर्णालीका ७१८ वडालाई विषादी प्रयोगसम्बन्धी वर्गीकरण


१९ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेश सरकारले कर्णालीका ७१८ वटा वडालाई विषादी प्रयोगसम्बन्धी वर्गीकरण गरेको छ । जसमा १९५ लाई हरियो, ४४६ लाई पहेँलो, ५५ लाई रातो, दुई वडालाई रातो र हरियो तथा बाँकी वडालाई हरियो र पहेँलो क्षेत्रमा वर्गीकरण गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

हरियो क्षेत्र पूर्ण अर्गानिक, पहेँलो क्षेत्र सामान्य, रातो क्षेत्र चिन्ताजनक मानिएको छ । मन्त्रालयले सबै वडालाई पूर्ण प्राङ्गारिक बनाउने योजना अगाडि सारेको जनाएको छ ।

कर्णाली प्रदेशमा माटोमा अम्लीयपन देखिएपछि उत्पादन शक्ति कमजोर भएको पाइएपछि अर्गानिक प्रदेश बनाउने पहल थालिएको एकीकृत कृषि प्रयोगशाला सुर्खेतका प्रयोगशालाका प्रमुख एवं वरिष्ठ कृषि अर्थविज्ञ चित्रबहादुर रोकायले जानकारी दिए ।

उनका अनुसार कर्णालीलाई अर्गानिक प्रदेश बनाउनका लागि जैविक विषादी प्रयोग गर्न कृषकलाई आग्रह गरिए पनि बढी उत्पादन गर्ने आशमा रासायनिक विषादीको प्रयोग बढ्दा माटोमा अम्लियपन पनि बढेको हो ।

साविक कर्णालीको कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा रासायनिक विषादीको प्रयोगमा रोक लगाइएको छ तर पनि लुकीछिपी रासायनिक विषादीको प्रयोग र बिक्रीवितरण भइरहेको पाइएको रोकायले जानकारी दिए । जुम्ला र कालीकोटमा अध्ययन गर्दा किसानले रासायनिक विषादीको प्रयोग गरेको पाइएको उनको भनाइ छ ।

चालु आर्थिक वर्षमा १० वटा शिविर सञ्चालन गरेर माटोको उपचार गर्ने लक्ष्य राखिएको एकीकृत कृषि प्रयोगशाला कार्यालयले जनाएको छ । हालसम्ममा दुई वटा शिविर सम्पन्न भइसकेका छन् ।

प्रदेशका एक जिल्लामा एउटा माटो शिविर असार मसान्तभित्र सक्नेगरी तयारी भइरहेको वरिष्ठ अर्थविज्ञ रोकायाले बताए । उनले अम्लीयपनले माटो कमजोर भएकाले बाली लगाइसकेपछि माटो परीक्षण गर्नुपर्ने स्पष्ट पारे ।

माटो शिविरमा नाइट्रोजनलगायत तत्व भए नभएको जाँच्ने गरिएको छ । त्यसका लागि प्रयोगशालामा एउटा उपकरणसहित सवारीको व्यवस्था भए पनि उक्त सवारी सञ्चालन गर्ने चालकको दरबन्दी नहुँदा सबै ठाउँमा लैजान नसकिएको रोकायाले बताए ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  ७ : ३५ बजे

नवनियुक्त प्रधानमन्त्री शाहलाई एनआरएनको बधाई

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएको

गल्ती गर्ने छुट हामीलाई छैन, रूपान्तरणको अभियानमा साथ दिन्छु : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं– नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय

भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाउन गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौं– नवनियुक्त गृहमन्त्री सुधन गुरुङले भ्रष्टाचारप्रति शुन्य सहनशीलताको नीति अपनाउन

मन्त्रिपरिषदमा वादी समुदायको पहिलो प्रतिनिधित्व, बालुवा चालेर हुर्केकी सीता बनिन् मन्त्री

काठमाडौं- वादी समुदायबाट पहिलो पटक सीता वादी मन्त्री बनेकी छिन्

संक्रमणकालीन न्यायको विषय अब टुङ्ग्याउनुपर्छ : मन्त्री गौतम

काठमाडौं- कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले लामो समयदेखि