विदेश भ्रमणमा मन्त्रीकी ‘कान्छी’देखि कर्मचारीका श्रीमतीसम्म « Khabarhub

विदेश भ्रमणमा मन्त्रीकी ‘कान्छी’देखि कर्मचारीका श्रीमतीसम्म


१९ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केपी शर्मा ओली नेतृत्वको सरकारले सुशासनको गफ हाँक्न छाडेको छैन । प्रधानमन्त्री ओलीले भ्रष्ट छवि भएका शरदसिंह भण्डारीलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किन बनाए ? यो प्रश्न एकातिर छँदै थियो, अहिले उनै भण्डारीको मन्त्रालयबाट सार्वजनिक भएको विदेश भ्रमणको एउटा सूची हेर्दा ओली सरकारको शुसासनलाई त्यसले कुरीकुरी बनाएको छ ।

मुलुकमा राजस्वले कर्मचारीलाई तलब खुवाउन पुग्ने अवस्था छैन । विकास बजेट पुग नपुग ३ खर्ब छुट्याउनुपर्ने अवस्था छ । वृद्धभत्ता खुवाउन नपुग्ने हो कि भन्ने चिन्ता छ । यस्तो बेलामा अनावश्यक विदेश भ्रमण लगायतका फजुल खर्च रोक्नुपर्ने अवस्था छ । तर, ओलीसरकारमा रहेका मन्त्री र मन्त्रालयका कर्मचारीहरुले विदेशमा हुने कार्यक्रममा भाग लिन सरकारी खर्चमा मन्त्री र कर्मचारीका श्रीमतीलाई विदेश घुमाएको पाइएको छ ।

गत कात्तिकको अन्तिम साता स्पेनको क्माड्रिडमा ‘टुवार्ड अ लेबर इन्टरनेशनल’ नामको एक कार्यक्रम आयोजना भएको थियो । सो कार्यक्रममा मन्त्री भण्डारीले आफ्नी कान्छी पत्नी निर्जला राउतलाई पनि स्पेन लगेका थिए । उनले मन्त्रीस्तरबाट निर्णय गराएर पूर्वसांसद निर्जलालाई विदेश घुमाएका हुन् ।

मन्त्रीले नै पत्नीलाई विदेश लैजाने भएपछि कर्मचारीहरु पनि के कम ? मन्त्रालयका सहसचिव सूर्यबहादुर खत्रीले पनि श्रीमती मिट्टु थापालाई भ्रमण टोलीमा घुसाए ।

मन्त्री र सहसचिवले जोडी लिएर जाने भएपछि उपसचिव कविराज उप्रेतीले पनि आफ्नी पत्नी शोभा रिजाललाई भ्रमण दलमा सामेल गराए ।

शाखा अधिकृत आयुषी भट्टराईले आफ्नो समेत नाम भ्रमण टोलीमा राखेर कन्सुलर सेवा विभागका पत्र लेखिन् । अरु सबै जोडी बाँधेर विदेश जाँदा आयुषी भने बिजोडी थिइन् ।

विदेशमा हुने महत्वपूर्ण कार्यक्रममा सम्बिन्धत क्षेत्रका विज्ञ वा जानकारहरुलाई लानुपर्ने हो कि पारिवारिक भ्रमण गर्नुपर्ने हो ? सरकारले सुशासन कायम गरेको दाबी गरिरहने प्रधानमन्त्री ओलीले यस्तो बेथितिलाई टुलुटुलु हेर्छन् या मन्त्री र सरकारी कर्मचारीहरुलाई कारवाही गर्लान् ? के श्रीमतीलाई विदेश घुमाउँदा लागेको सरकारी खर्च मन्त्री, सहसचिव र उपसचिवले फिर्ता गर्लान् ? यी प्रश्नको जवाफ दिने काम भने ओली सरकारकै हो ।

यसैबीच, मन्त्री भण्डारीले आफ्नै जेठी पत्नी रश्मीको हेरचाहमा ध्यान नदिएको जनआस्था साप्ताहिकले समाचार प्रकाशित गरेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  १० : १० बजे

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्