प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधन « Khabarhub

प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधन


१९ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधन भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद बोहराको उपचारका क्रममा काठमाडौंस्थित ओम अस्पतालमा मंगलबार निधन भएको पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

पछिल्ला केही वर्षयता घाँटीमा समस्या आएपछि उनी बोल्न नसक्ने अवस्थामा थिए । उनले गत निर्वाचनमा समेत एक पटक पनि चुनावी सभालाई सम्बोधन गरेका थिएनन् ।

रुपन्देही क्षेत्र नम्बर-३ बाट निर्वाचित सांसद बोहराले तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई हराएका थिए ।

उनकी छोरीको पनि केही समयअघि निधन भएको थियो ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  ११ : ४० बजे

एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको

आईसीसी महिला टी–२० : थाइल्याण्डविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल र थाइल्याण्ड

पार्टीको आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि

तन्नेरीको काँधमा कांग्रेस

आम नेपाली जनताले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई राम्रै भनेका थिए ।

काठमाडौंको मेयरबाट राजीनामा दिँदै बालेन : आजै रास्वपा बैठकमा सहभागी हुने

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आज पदबाट