कुलमान घिसिङले दायर गरेको रिटको पेसी न्यायाधीश चूडाल र पाण्डेयको इजलासमा « Khabarhub

कुलमान घिसिङले दायर गरेको रिटको पेसी न्यायाधीश चूडाल र पाण्डेयको इजलासमा


१९ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र उक्त पदमा नियुक्त हितेन्द्रदेव शाक्यले सर्वोच्चमा दर्ता गरेको रिटको सुनुवाइ न्यायाधीशद्वय कुमार चूडाल र नित्यानन्द पाण्डेयको इजलासमा तोकिएको छ । 

यसअघि आइतबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश सारंगा सुवेदीको संयुक्त इजलासमा परेको पेसी सुनुवाइ नभइ स्थगित भएको थियो ।

घिसिङले प्राधिकरणमा आफ्नो पदावधि बाँकी हुँदै सरकारले बदनियतपूर्वक हटाएको भन्दै थमौतीका लागि अन्तरिम आदेशको माग गरेका छन् ।

नवनियुक्त कार्यकारी निर्देशक शाक्यले भने घिसिङको पहिलेको नियुक्ति नै गलत भएकाले पदाधिकार दाबी गर्न नमिल्ने जिकिर गरेका छन् । उनले आफूले चार वर्षअघि दायर गरेको रिटको निर्णय नआई घिसिङले हाल दिएको निवेदनमा सुनुवाइ गर्न नमिल्ने जिकिर गरेका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  ११ : ३८ बजे

एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको

आईसीसी महिला टी–२० : थाइल्याण्डविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल र थाइल्याण्ड

पार्टीको आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि

तन्नेरीको काँधमा कांग्रेस

आम नेपाली जनताले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई राम्रै भनेका थिए ।

काठमाडौंको मेयरबाट राजीनामा दिँदै बालेन : आजै रास्वपा बैठकमा सहभागी हुने

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आज पदबाट