अमेरिकी कर प्रभावित व्यवसायलाई सहयोग गर्ने जापानी प्रधानमन्त्रीको प्रतिबद्धता « Khabarhub

अमेरिकी कर प्रभावित व्यवसायलाई सहयोग गर्ने जापानी प्रधानमन्त्रीको प्रतिबद्धता


१९ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

टोकियो- अमेरिकी कर प्रभावित व्यवसायहरूलाई सहयोग गर्ने जापानी प्रधानमन्त्रीको प्रतिबद्धता जापानका प्रधानमन्त्री शिगेरु इसिबाले मङ्गलबार अमेरिकी करबाट प्रभावित व्यवसायहरूका लागि करिब एक हजार ‘परामर्श केन्द्र’ स्थापना गर्ने घोषणा गरेका छन् । साथै उनले करहरूबाट छुट पाउन निरन्तर प्रयास गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

जापान अमेरिकाको सबैभन्दा नजिकको आर्थिक र रणनीतिक मित्रराष्ट्र हो । यहाँका कम्पनीहरू संयुक्त राज्य अमेरिकामा सबैभन्दा ठूला लगानीकर्ता हुन् र करिब दश प्रतिशत जापानी रोजगारहरू अटो क्षेत्रसँग जोडिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार कुन देशमा कुन–कुन कर लगाइने घोषणा गर्ने बताएका छन् र सबै व्यापारिक साझेदारहरू यसको निशानामा रहेको चेतावनी दिएका छन् ।

उनले अप्रिल ३ मा संयुक्त राज्य अमेरिकामा निर्माण नभएका सबै अटोमा २५ प्रतिशत कर लगाउने पनि बताएका छन् । इसिबाले मङ्गलबार अमेरिकी आयातमा प्रतिशोधात्मक भन्सार शुल्क लगाउने बारेमा नबोलेपनि उनले आफ्नो सत्तारूढ गठबन्धनसँग ‘प्रतिक्रियात्मक उपायहरूको विवरण’ मा छलफल गर्ने बताए । अहिलेका लागि एक हजार परामर्श डेस्क खोल्नुका अतिरिक्त उनले अमेरिकी भन्सार शुल्कहरू सक्रिय भएपछि साना र मध्यम आकारका व्यवसायहरूलाई कोष प्राप्त गर्न मद्दत गर्न ‘हामी सक्दो प्रयास गर्नेछौँ’ भने ।

“जापान अमेरिकाका लागि सबैभन्दा ठूलो लगानीकर्ता हो । यसलाई ध्यानमा राख्दै हामी जापानको छुटका लागि कडा आह्वान गर्न जारी राख्नेछौँ”, उनले पत्रकार सम्मेलनमा भने, “यदि मैले आफैँ (संयुक्त राज्य अमेरिका) भ्रमण गर्नु आवश्यक ठानिएको छ भने, म त्यसो गर्न हिचकिचाउँदिनँ ।”

शुक्रबार प्रधानमन्त्री इसिबाले कार र पार्ट्समा २५ प्रतिशत कर घोषणा गरिएपछि ट्रम्पको करसम्बन्धी विचारहरू ‘बुझ्न कठिन’ भएको बताएका थिए । “राष्ट्रपति ट्रम्पले त्यहाँ साथी र शत्रु दुवै छन् र साथीहरू अझ कठिन हुन सक्छन् भनिरहनुभएको छ । यो बुझ्न धेरै कठिन छ”, इसिबाले एक संसदीय यी समिति बैठकमा भने ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  १२ : ३४ बजे

रिपोर्ट भन्छ : इरानविरुद्ध अमेरिकी सैन्य कारबाही टुङ्गियो

वासिङ्टन- अमेरिकी डोनाल्ड ट्रम्प प्रशासनले इरानविरुद्ध २८ फेब्रुअरीमा सुरू भएको

बौद्धमा शान्ति र्‍यालीसहित मनाइयो २५७० औँ बुद्ध जयन्ती (तस्बिरहरू)

काठमाडौं– शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५७०औँ जयन्ती आज

विदेशी नागरिकता लिएका १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले विभिन्न देशको नागरिकता लिएर नेपाली नागरिकता

शुक्रबार बल्खु र वंशीघाटमा ६८६ संरचना हटाइँदै

काठमाडौं– बागमती नदी र त्यसका सहायक नदी किनारमा रहेका अत्यन्त

आज ओपीडी सेवा बन्द नगर्न अस्पताललाई मन्त्रालयको निर्देशन 

काठमाडौं– लगातार तीन दिन सार्वजनिक बिदा परेका कारण स्वास्थ्य सेवा