दीपक बोहराको शव भैरहवा लगिने, बुधबार पशुपतिमा अन्त्येष्‍टि « Khabarhub

दीपक बोहराको शव भैरहवा लगिने, बुधबार पशुपतिमा अन्त्येष्‍टि


१९ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधन भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट रूपन्देही क्षेत्र नम्बर- ३ बाट निर्वाचित सांसद बोहराको आज बिहान काठमाडौंको चाबहिलस्थित ओम अस्पतालमा निधन भएको हो ।

राप्रपाका नेता तथा कार्यकर्ताहरू दिवङ्गत सांसद बोहराप्रति श्रद्धाञ्जलीका लागि ओम अस्पतालमा पुगेका छन् ।

बोहराको पार्थिव शरीर ओम अस्पतालबाट नेपाली सेनाको जहाजबाट रूपन्देहीको भैरहवास्थित पार्टी कार्यलयमा लैजाने तयारी भइरहेको छ । उनको शव आज दिनभर पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखेर साँझ काठमाडौं ल्याइने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका स्वकीय सचिव छत्र कठायतले खबरहबलाई बताए ।

कठायतका अनुसार शव काठमाडौं ल्याएपछि घर या अस्पतालमै राखेर आफ्न्तलाई भेट्न दिइने छ ।

यस्तै, बोहराको शव बुधबार अपराह्न ४ बजेपछि श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिने छ । उनको भोलि नै पशुपति आर्यघाटमा अन्त्येष्‍टि गरिने छ ।

बोहराका दुई श्रीमती, दुई छोरा छन् । एक छोरी चाँदनी जेनी कैहराको गत फागुनमा निधन भएको थियो ।

बोहरा पछिल्ला केही वर्षयता घाँटीको समस्या भएपछि बोल्न नसक्ने अवस्थामा थिए । उनले गत निर्वाचनमा समेत एक पटक पनि चुनावी सभालाई सम्बोधन गरेका थिएनन् । स‌सदमा पनि उनी बोलेनन् ।

रूपन्देही क्षेत्र नम्बर- ३ बाट निर्वाचित सांसद बोहराले तत्कालीन गृहमन्त्री बालकृष्ण खाणलाई हराएका थिए ।

बोहरा नेपालको राजनीतिमा चार दशकदेखि राप्रपामा क्रियाशील रहँदै आएका थिए । २०३६ सालमा रूपन्देहीबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित उनी ०४२ सालको राष्ट्रिय पञ्चायत सदस्यमा समेत विजयी भएका थिए ।

उनी २०७० सालमा रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा समेत निर्वाचित भएका थिए ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  १२ : ३८ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको