प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान « Khabarhub

प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान


१९ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलनमा भाग लिन आज बैङ्कक प्रस्थान गरेका छन् । थाइल्याण्डका प्रधानमन्त्री पेटोङ्टार्न शिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, सरकारका उच्चपदस्थ अधिकृत तथा सुरक्षा अङ्गका प्रमुखले स्वागत गरेका थिए । त्यसअघि नेपाली सेनाको एक टुकडीले उनलाई सम्मान गारत अर्पण गरेको थियो । प्रधानमन्त्री ओली र उनका थाई समकक्षीबीच नेपाल–थाइल्याण्ड सम्बन्धका विविधि विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओली यही चैत २२ गते बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुनेछन् । सोही दिन उनले सम्मेलनलाई सम्बोधन गर्नेछन् । प्रधानमन्त्री ओेली चैत २१ गते बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुने सदस्य राष्ट्रका सरकार वा राष्ट्रप्रमुखको नेताहरूको सम्मानमा आयोजना हुने रात्रिभोजमा सरिक हुनेछन् ।

शिखर सम्मेलनका क्रममा सदस्य मुलुकका समकक्षी एवं राष्ट्रप्रमुखहरूसँग भेटवार्ता हुनेछ । प्रधानमन्त्रीका साथ प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजुराणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक एवं विकास सल्लाहकार डा युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याललगायत छन् । प्रधानमन्त्री ओली यही चैत २३ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  १ : ५७ बजे

मुस्ताङका होटल र पसलमा अनुगमन

मुस्ताङ– जिल्ला सदरमुकाम जोमसोमका होटल तथा पसलमा छड्के बजार अनुगमन

रास्वपा महाधिवेशन : बालेनले भूपदेवलाई दिएका छन् नेता व्यवस्थापनको जिम्मेवारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन असार ७ गतेबाट चितवनमा

ओलीलाई गृहप्रदेशकै नेताहरूको सन्देश : पार्टी पुनर्गठन गरौँ, तपाईं नेतृत्वबाट बिदा हुनुस्

काठमाडौं– नेकपा एमालेले फागुन २१ गतेको निर्वाचनको लज्जास्पद हारबारे सुझाव

मलेसियाको आन्तरिक पर्यटन ११ प्रतिशतले बढ्यो

एजेन्सी– मलेसियामा सन् २०२५ मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव