कीर्तिपुरस्थित क्रिकेट मैदान निर्माण कार्यको निरीक्षण अब शहरी विकास मन्त्रालयबाटै   « Khabarhub

कीर्तिपुरस्थित क्रिकेट मैदान निर्माण कार्यको निरीक्षण अब शहरी विकास मन्त्रालयबाटै  


१९ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले कीर्तिपुरमा निर्माणाधीन क्रिकेट स्टेडियमको सिंहदरबारस्थित आफ्नै कार्यकक्षबाट निरीक्षण गरेका छन् ।

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्रालयको सिंहदरबारस्थित कार्यकक्षबाटै अब दैनिक नियमित निरीक्षण हुनेछ । समयमै काम सक्न  ८ घण्टाका दरले अहिले तीन सिफ्टमा काम पनि भइरहेको छ । 

उपप्रधानमन्त्री सिंहले निर्धारित समयमै सक्ने गरी काम गर्ने व्यवस्था मिलाउन र कामको गति बढाउनु पर्नेमा जोड दिएका छन् । 

शहरी विकास मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप प्याराफिट निर्माण र फ्लडलाइट जडान गत फागुनमा सम्झौता भई आगामी वैशाख २४ गतेभित्र सम्पन्न गर्ने गरी काम भइरहेको छ।

शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले निर्धारित समयमै निर्माण सक्ने गरी काम भइरहेको र अब नियमित रूपमा मन्त्रालयबाटै निरीक्षणको व्यवस्था मिलाइएको बताए । 

‘आजबाट  मन्त्रीज्यूले मन्त्रालयबाटै कीर्तिपुरमा भइरहेको कामको निरीक्षण गर्नुहुनेछ,’ उनले भने, ‘निर्धारित समयमै काम सक्नका लागि उनको चासो छ । 

गत चैत ७ गते उपप्रधानमन्त्री सिंहले कीर्तिपुर पुगेरै निर्माण कार्यको निरीक्षण गरेका थिए । आगामी वैशाख २४ गतेभित्रै कीर्तिपुर मैदानमा १० हजार क्षमताको प्याराफिट निर्माण सम्पन्न गर्ने गरी मन्त्रालयले काम गरिरहेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  ५ : २३ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी