कीर्तिपुरस्थित क्रिकेट मैदान निर्माण कार्यको निरीक्षण अब शहरी विकास मन्त्रालयबाटै   « Khabarhub

कीर्तिपुरस्थित क्रिकेट मैदान निर्माण कार्यको निरीक्षण अब शहरी विकास मन्त्रालयबाटै  


१९ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले कीर्तिपुरमा निर्माणाधीन क्रिकेट स्टेडियमको सिंहदरबारस्थित आफ्नै कार्यकक्षबाट निरीक्षण गरेका छन् ।

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्रालयको सिंहदरबारस्थित कार्यकक्षबाटै अब दैनिक नियमित निरीक्षण हुनेछ । समयमै काम सक्न  ८ घण्टाका दरले अहिले तीन सिफ्टमा काम पनि भइरहेको छ । 

उपप्रधानमन्त्री सिंहले निर्धारित समयमै सक्ने गरी काम गर्ने व्यवस्था मिलाउन र कामको गति बढाउनु पर्नेमा जोड दिएका छन् । 

शहरी विकास मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप प्याराफिट निर्माण र फ्लडलाइट जडान गत फागुनमा सम्झौता भई आगामी वैशाख २४ गतेभित्र सम्पन्न गर्ने गरी काम भइरहेको छ।

शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले निर्धारित समयमै निर्माण सक्ने गरी काम भइरहेको र अब नियमित रूपमा मन्त्रालयबाटै निरीक्षणको व्यवस्था मिलाइएको बताए । 

‘आजबाट  मन्त्रीज्यूले मन्त्रालयबाटै कीर्तिपुरमा भइरहेको कामको निरीक्षण गर्नुहुनेछ,’ उनले भने, ‘निर्धारित समयमै काम सक्नका लागि उनको चासो छ । 

गत चैत ७ गते उपप्रधानमन्त्री सिंहले कीर्तिपुर पुगेरै निर्माण कार्यको निरीक्षण गरेका थिए । आगामी वैशाख २४ गतेभित्रै कीर्तिपुर मैदानमा १० हजार क्षमताको प्याराफिट निर्माण सम्पन्न गर्ने गरी मन्त्रालयले काम गरिरहेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  ५ : २३ बजे

सर्वोच्चपछि सडकतिर पनि आधिकारिकता खोज्दै देउवा समूह (तस्बिरहरू)

काठमाडौं- नेपाली कांग्रेसबाट आधिकारिकता गुमाएको शेरबहादुर देउवा समूह सर्वोच्च अदालतपछि

पौवादुङमाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाको दीर्घकालीन प्रशासनिक संरचना सुदृढ बनाउने लक्ष्यसहित

फिल्म ‘कालकट्टी’ र ‘काकाको बिहे’ बनाउने रघुनाथको घोषणा

काठमाडौं – रङ्ग पत्रकारसमेत रहेका रघुनाथ सापकोटाले दुई फिल्म निर्माणको

जुनारखेती : कम मेहेनतमा मनग्य आम्दानी

रामेछाप– रामेछापका युवाहरू वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ आकर्षित भएका छन्

इलामबाट नेम्वाङ र कागते एमालेका उम्मेदवार

मङ्गलबारे– प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले दुवै निर्वाचन