पञ्जाबसँग पराजित भएसँगै चेन्नई आईपीएलबाट बाहिरियो « Khabarhub

पञ्जाबसँग पराजित भएसँगै चेन्नई आईपीएलबाट बाहिरियो

चावलको ह्याट्रिक र अय्यरको सानदार ब्याटिङमा पञ्जाब चार विकेटले विजयी


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा पञ्जाब किंग्सले चेन्नई सुपरकिंग्सलाई चार विकेटले पराजित गरेको छ। युजभेन्द्र चावलका ह्याट्रिकका साथै कप्तान श्रेयस अय्यर र प्रभ्सीरमन सिंहको अर्धशतकको मद्दतमा पन्जाब किंग्सले बुधबार शानदार जित निकालेको हो।

चेन्नईले दिएको १९१ रनको लक्ष्य पछ्याएको पन्जाबले दुई बल बाँकी रहँदा ६ विकेटको क्षतिमा १९४ रन जोडेको हो। पञ्जाबको यो जितसँगै चेन्नई आईपीएलको यो सिजनमा चार खेल खेल्न बाँकी हुँदै बाहिरिएको हो।

पन्जाबका लागि कप्तान श्रेयास अय्यरले ४१ बलमा ७२ रन जोडे। प्रम्भिरमन सिंहले ३६ बलमा ५४ रन जोडे। पन्जाबलाई जित दिलाउने क्रममा शशाङ्क सिंहले १२ बलमा २३ रन जोडे। चेन्नईका खालेल अहमदले ३.४ ओभरमा २८ रन खर्चेर दुई विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नई भने अन्तिम समयसम्म २०० रन सजिलै पार गर्ने अवस्थामा रहे पनि चावलको ह्याट्रिकले खेलको दिशा मोडिएको थियो। चावलले तीन ओभरमा ३२ रन खर्चेर चार विकेट लिए। चेन्नईले चार बल बाँकी रहँदा १९० रन जोड्दै सम्पूर्ण विकेट गुमाएको हो। चावलले चार विकेट नै १९ औँ ओभरमा लिएका थिए। जसमा ह्याट्रिक समेत समावेश थियो।

१४ बल बाँकी रहँदा साम कुरानको रूपमा पाँचौँ विकेट गुमाउँदा चेन्नईको खातामा १७२ रन थियो। चेन्नईले ११ बलमा १८ रन जोडेर ६ विकेट गुमाएको हो। कुरानले भने ४७ बलमा ८८ रन जोडे। उनको पारीमा ९ चौका र चार छक्का समावेश थियो। आर्शदीप सिंहले ३.२ ओभरमा २५ रन खर्चेर दुई विकेट लिए भने मार्को जेन्सनले चार ओभरमा ३० रन खर्चेर दुई विकेट लिए। कप्तान अय्यर प्लेयर अफ द म्याच घोषित भए।

जितपछि पन्जाब १० खेलमा १३ अङ्क सहित दोस्रो स्थानमा उक्लिएको छ भने चार अङ्क भएको चेन्नई प्रतियोगिताबाट बाहिरिएको छ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  ५ : ४८ बजे

भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

रूपन्देही– सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित जाँचकक्षबाट सशस्त्र प्रहरीले दुई करोड ५१

पोखराको फिर्के खोला किनारमा फेरि चल्यो डोजर, ५६ संरचना भत्काइँदै (तस्बिरहरू)

 पोखरा– फिर्के खोलामा बनेका संरचना भत्काउन पोखरा महानगरपालिकाले यसअघि थालेको अभियानलाई

‘पार्टीभित्र कुनै अन्तर्विरोध छैन, वर्तमान सरकार ५ वर्षसम्म चल्छ, असफल हुने छुट छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार

प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूतको भेट, नेपाल–अष्ट्रेलिया सहकार्यमा जोड

काठमाडौं –प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले भेट गरेका

राजकुमार राव र श्रद्धा कपुर अभिनीत चर्चित हरर-कमेडी फिल्म ‘स्त्री-३’ २०२८ मा 

काठमाडौं– ‘स्त्री’ र ‘स्त्री २’ बाट दर्शकलाई डर र हाँसोको