च्याम्पियन्स लिग : यमाल छाएको खेलमा बार्सिलोना र मिलान बराबरीमा रोकिए « Khabarhub

च्याम्पियन्स लिग : यमाल छाएको खेलमा बार्सिलोना र मिलान बराबरीमा रोकिए


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


903
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दुई गोलले पछि परेको बार्सिलोना खेलमा फर्कँदै इन्टर मिलानसँगको च्याम्पियन्स लिग फुटबलको पहिलो लेग सेमिफाइनलमा ३-३ गोलको बराबरी गर्न सफल भएको छ।

बार्सिलोनाको मैदानमा भएको खेलको ३० औँ सेकेन्डमा मार्कोस थुरामले डानियल डुमफ्रेजको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

डच खेलाडी मुम्फ्रेजले २० औँ मिनेटमा एक्रोबायटिक भली मार्फत गोल गरेका थिए। खेलमा बार्सिलोनालाई फर्काउने क्रममा लामिन यमालले सानदार प्रदर्शन गरे। २४ औँ मिनेटमा उनले रक्षकलाई कटाउँदै सानदार गोल गरे। उनको दुई प्रहार गोल पोस्टमा लागेको थियो।
१७ वर्षकै उमेरमा उनले क्लबका लागि सय खेल खेलिसकेका छन् भने ३३ एसिस्ट गरेका छन्। साथमा २२ गोल गरे। ३८ औँ मिनेटमा राफिन्हाको सहयोगमा फेरान टोरेसले बार्सिलोनाका लागि बराबरी गोल गरे।

६३ औँ मिनेटमा डुम्फ्राइजले अर्को गोल गरे। त्यसको दुई मिनेटपछि याया सोमरले राफिन्हाको क्रस रोक्ने क्रममा आफ्नै पोस्टमा गोल गरे।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  ७ : ०८ बजे

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट