श्रमिकलाई पूर्णअधिकार सम्पन्न गराएर रोजगारी बढाउने गरी बजेट ल्याउनुपर्छ : सभापति देउवा « Khabarhub

श्रमिकलाई पूर्णअधिकार सम्पन्न गराएर रोजगारी बढाउने गरी बजेट ल्याउनुपर्छ : सभापति देउवा


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले श्रमिकहरूलाई पूर्णअधिकार सम्पन्न गराएर रोजगारी वृद्धि गर्ने गरी सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने बताएका छन् । 

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसले बिहीबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले आन्तरिक रोजगारको वृद्धि गर्दै मुलुकलाई समृद्ध बनाउन सकिने भएकाले श्रमिकहरूलाई पूर्णअधिकार सम्पन्न गराएर रोजगारी वृद्धि गर्ने गरी सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने आफ्नो मान्यता रहेको बताएका हुन् ।

आफ्नै देशमा ज्ञान सिपको विकास र लगानी गर्ने वातावरण बनाएर समृद्ध नेपालको सपना पुरा गर्नुपर्ने उनले बताए । उनले असंगठीत श्रमिकहरूको पहिचान गरी पञ्जीकरणका लागि स्थानीय तहमा श्रमिक डेस्क राख्ने र सामाजिक सुरक्षाको दायरामा ल्याउन पहल गर्न आवश्यक रहेको धारणा राखे । 

उनले कांग्रेसले ट्रेड युनियन ऐन, श्रम ऐन, सामाजिक सुरक्षा कोषलगायतलाई अगाडि बढाउन सदैव महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे ।  

त्यस्तै कांग्रेस नेता डा शेखर कोइरालाले मुलुकको परिवर्तनमा श्रमिकहरूको महत्त्वपूर्ण योगदान गरेको भन्दै उनीहरूको अधिकार स्थापित गर्न कांग्रेस सदैव क्रियाशील रहेको धारणा राखे । 

योगदानमा आधारित सामाजिक सुरक्षामा अनौपचारिक क्षेत्रलाई पनि समावेश गर्नु चुनौती रहेकाले यसलाई ध्यान दिनुपर्ने उनले बताए । उनले श्रमिक आयोग गठनका लागि कांग्रेसले निरन्तर पहल गर्ने जानकारी दिए ।  

सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै मजदुरहरूले गरेको सङ्घर्ष र आन्दोलनको सफलताको स्मरण गर्दै मे १ तारिखलाई संसारभरिका मजदुरले अन्तर्राष्ट्रिय श्रमिक दिवसका रूपमा मनाउँदै आएका छन् । 

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  १२ : ०५ बजे

युक्रेनमा रुसी आक्रमण : एक जनाको मृत्यु, २३ घाइते

एजेन्सी – युक्रेनको राजधानी किएभ र पूर्वी शहर खार्किभमा रातभरि

प्रचण्डदेखि सभामुखसम्मलाई टक्कर दिने यी महिला उम्मेदवार

काठमाडौं- फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ ३

सर्लाही–४ का युवासँग गगनले भने- विश्वास गर्नुस्, गुनासो गर्ने मौका दिने छैन

काठमाडौं – नेपाली कांग्रेसले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका सभापति गगन थापाले

नयाँ दलमाथि ओलीको कटाक्ष : कहाँ जाँदै छु, कहाँ पुग्ने हो थाहा छैन

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको राजनीतिक

भोलि सर्लाही-४ जाँदैछु, मनमा धेरै उत्साह छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेस सभापति गगन थापा भोलि (आइतबार) सर्लाही जाने