संस्कार शिक्षाको दोस्रो भाग सार्वजनिक « Khabarhub

संस्कार शिक्षाको दोस्रो भाग सार्वजनिक


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बालबालिकालाई कला, संस्कार, परम्परा चिन्न र चिनाउन संस्कार शिक्षाको दोस्रो भाग सार्वजनिक गरिएको छ । 

वैदिक अनुसन्धान गुठी र भाना फाउन्डेसनले प्रकाशन गरेको पुस्तकमा बालबालिकालाई आफ्नो पूजापद्धति, देवता, तीर्थ, नदी, चाडपर्व, जात्रा, परम्परा र सनातन मूल्यमान्यताका बारेमा जानकारी दिई नैतिक चेतना दिने संस्कार शिक्षाको मूल उद्देश्य रहेको पुस्तकका लेखक डा स्वामी केशवानन्द गिरीले बताए । 

पुस्तकको पाठ एकमा कुमारीवन्दना, जानकीवन्दना, पृथ्वीवन्दना, बुद्धवन्दना, गोवन्दना, गण्डकीवन्दना, किरातेश्वरवन्दना, भैरववन्दना, प्रकृतिवन्दना, वैदिकस्तुति, हिमालयवन्दनालगायत विषयवस्तु राखी बालबालिकालाई आदरसम्मान भावको विकास गर्ने उद्देश्य राखिएको छ । 

यसैगरी पाठ दुईमा स्वच्छता, शास्त्रको मर्यादा, मित्रता, बुद्धको जीवनी, गाई, कालीगण्डकी, देवालयको प्रातःकालीन भ्रमण, नित्य विद्याभ्यास, बगैँचाको हेरचाह, शयननियम, षट्कर्मलगायत विषयसम्बनधी  जानकारीमूलक सामग्री समावेश गरिएको छ ।

पुस्तकको पाठ तीनमा बालिकासम्मान, बोट वनस्पति, क्षमाशीलता, गाली आफैँतिर, गाईको सेवा, नदी स्नान, मुन्धुमका आचारपक्ष, सरसफाइ, सम्पदाको संरक्षण, आफ्नो धर्मको पालना, कर्मनिष्ठालगायत विषय राखिएका छन् ।

पाठ चारमा गुन्युचोली, तुलसीविवाह, संसार साझा घर, पञ्चशील, कामधेनु, नदीमा तोरण तार्ने, किराँत संस्कृतिमा शिवपार्वती, कुकुरपूजा, रक्षाबन्धन, असारको पन्ध्र, मकरसङ्क्रान्तिजस्ता उपयोगी एवं जानकारीमूलक सामग्री समावेश गरिएको छ । 

पाठ पाँचमा पौराणिक विषयसँग सम्बन्धित ११ वटा कथा राखिएका लेखकले जानकारी दिए । कुमारीको उत्पत्ति, जानकीको उत्पत्ति, पृथ्वीको जन्म, धैर्यधन, अनुमति, यक्षसंवाद, पाशुपतास्त्र, भैरवको शक्ति, बालागुरु षडानन्द, जुठो पानी, मिल्दा साथीजस्ता विषय राखिएको छ । आवरणसहित एक सय २४ पृष्ठको पुस्तकले बालबालिकालाई अनुशासनमा हिँड्नसमेत प्रेरणा दिने विश्वास गरिएको स्वामी केशावनन्दले बताए । 

पुस्तक विमोचन कार्यक्रममा स्वामी केशवानन्दले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका र कास्कीको पोखरा महानगरपालिकाले संस्कार शिक्षा भाग एकलाई पाठ्यक्रममा समावेश गरेको जानकारी दिए । संस्कार शिक्षाको तेस्रो भाग पनि अन्तिम चरणमा पुगेको सो अवसरमा उनले बताए । 

कार्यक्रममा सत्सङ्ग परिवार जावलाखेलका अध्यक्ष दीपक रिमालले प्रत्येक घर र विद्यालयमा संस्कार शिक्षाका पुस्तक पुर्‍याएर पठनपाठनको व्यवस्था मिलाउनुपर्ने बताए । 

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  १२ : २५ बजे

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित