जसपा नेतृ सिंहले पड्काएको पेस्तोल सर्लाहीबाट बरामद, हल्दी समारोहमा गरेकी थिइन् फायर | Khabarhub Khabarhub

जसपा नेतृ सिंहले पड्काएको पेस्तोल सर्लाहीबाट बरामद, हल्दी समारोहमा गरेकी थिइन् फायर


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टी नेपालकी केन्द्रीय सदस्य डा. बबी सिंह यादवले वैशाख ११ गते नाच्ने क्रममा फायर गरेको भनिएको पेस्तोल प्रहरले बरामद गरेको छ ।

नेतृ यादवले रंगदारी गीतमा नाच्दै पेस्तोलबाट फायर गरेको विषय सञ्चारमाध्यमका लागि हटकेक हुँदा पुलिसले अनुसन्धान थालेको थियो ।

सुरूमा सप्तरी प्रहरीले अनुसन्धान थालेको उक्त प्रकरणमा सर्लाही प्रहरी पनि जोडिएपछि वैशाख ११ मा आयोजित हल्दी कार्यक्रमका क्रममा पड्काइएको पेस्तोल बिहीबार बरामद भएको हो

उक्त पेस्तोल सर्लाहीको मलंगवा नगरपालिका–२ स्थित अञ्जनी कुमार तिलहरीको घरबाट बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले यस कुराको पुष्टि गरेका छन् ।

बरामद भएको पेस्तोल परीक्षणका लागि केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाइने भएको छ ।

प्रहरीका अनुसार गत वैशाख ११ गते मलंगवा नगरपालिका–५ स्थित भाडसर निवासी वसन्त कुमारकी छोरी कोमल सुप्रियाको हल्दी कार्यक्रममा नाच्ने क्रममा सिंहले पेस्तोल फायर गरेकी थिइन् ।

प्रहरीले उक्त पेस्तोलको परीक्षणपछि वास्तविकता खुल्ने जनाएको छ। प्रहरीले सर्लाहीबाट पेस्तोलमा प्रयोग गरिने बारूदसमेत बरामद गरेर परीक्षणका लागि पठाउँदैछ ।

दुई दिनयता जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्य डा. यादव भाइरल थिइन् । हरियो साडीमा सजिएर हातमा पेस्तोलसहित नृत्यमा मस्त उनको भिडियो अहिले तीव्र गतिमा भाइरल भएको थियो ।

राष्ट्रिय सभा सदस्य तथा पूर्वमन्त्री मृगेन्द्र कुमार सिंह यादवी छोरी तथा सप्तरीको बेदेवर्साइन नगरपालिकाकामेयर आतेशकुमार सिंह यादवकी बहिनी उनले एक समारोहमा नृत्य गर्ने क्रममा आकाशतिर फर्काएर गोली चलाएको भिडियो भाइरल भएको थियो ।

सप्तरीकी उनले उक्त नृत्यका क्रममा हतियार चलाएको दृश्य नेपालकै भएको दाबीसहित उजुरी परेपछि अहिले प्रहरीले छानबिन थालेको थियो ।

सप्तरीका प्रहरी प्रमुख एवम् एसपी ढकेन्द्र खतिवडाले उक्त प्रकरणबारे जानकारी लिन डा. सिंहलाई झिकाइएको बताएका छन् । उनका अनुसार यादवले उक्त पेस्तोल भारतको सीतामढीमा पड्काएको भनेक थिइन् । तर अनुसन्धानका क्रममा उक्त हतियार पेस्तोल नै हो या खेलौना हो भन्ने पुष्टि हुन बाँकी रहेको खतिवडाले बताए ।

डा. सिंहले उक्त पेस्तोल सप्तरीको बोदेबरसाइनस्थित एक वैवाहिक सहारोहमै पड्काएको दाबी एक थरीले गरेका थिए । तर उक्त पेस्तोल सर्लाहीको मंलगवाबाट बरामद भएको हो । उनले भने जस्तो भारतको सीतामढी नभई मलंगवामै उक्त पेस्तोलबाट फायर गरिएको खुलेको छ ।

यादवले उक्त नृत्य पनि नेपालमा नभई भारतको सीतामढीमा गरेको जवाफ उनले दिएकी थिइन् ।

‘भारतको सीमावर्ती सहर सीतामढीमा मेरा मामाकी छोरी (बहिनी) को वैवाहिक समारोहमा स्थानीय परम्पराअनुसार आफन्तको आँगनमा भाइबहिनीहरूको आग्रहलाई स्वीकार गरी नृत्य गर्दा मैले ‘रेन्जर टोई’ खेलौनाले फायर गरेकी थिएँ। त्यही कुरालाई अतिरञ्जित नबनाइदिनु हुन अनुरोध गर्दछु’, सिंहले भनेकी थिइन् ।

उनले व्यक्तिगत र पारिवारिक समारोहमा रमाइलो गर्दा खिचिएको भिडियोलाई पत्रकारहरूले अपब्याख्या गरेर भाइरल बनाएको पनि बताएकी छन् ।

‘मेरो मामाको घरमा अत्यन्तै व्यक्तिगत र पारिवारिक समारोहमा एकक्षण भाइबहिनी र परिवारका सदस्यसँग रमाइलो गर्दा खिचिएको भिडियोलाई कुनै ‘युट्युब पत्रकार’ले अनुमतिबिना आफ्नै सामग्रीजस्तो गरी सामाजिक सञ्जालमा हाल्नु पत्रकारिताको अपमान मात्रै होइन, पत्रकार आचारसंहिताको उल्लङ्घन पनि हो, जसको म भर्त्सना गर्दछु’, उनले भनेकी छन् ।

सिंहले वैवाहिक कार्यक्रमसहितका समारोहमा रमाइलो र मनोरञ्जन गर्ने अधिकार सबैलाई हुने तर्क पनि गरेकी छन् ।

यादवले भाइरल भिडियो सातअघि भारतमा भएको एक वैवाहिक समारोहमा खिचिएको बताएकी छन् । त्यहाँ खेलौना पेस्तोल फाय गरेको तर्क उनको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  ३ : ०६ बजे

भेरी करिडोरअन्तर्गतका पाँचवटा पुल दुई वर्षभित्र निर्माण गरिने

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भेरी करिडोरको जाजरकोट–डोल्पा

पूर्वराष्ट्रपतिलाई छेक्ने एमालेको तयारी, प्रवक्ता भन्छन्- महत्वपूर्ण निर्णय लिने सम्भावना छ

काठमाडौं- नेकपा (एमाले)को नवौँ केन्द्रीय कमिटी बैठक मंगलबार पनि जारी

तराईमा खानेपानी र सिँचाइको अभाव भएकामा सांसदहरूको चिन्ता

काठमाडौं– तराईमा वर्षा नहुँदा खानेपानी र सिँचाइको अभाव भएको विषयमा

वैशाख १ को सन्देशले बिच्किएका ओलीले जब पूर्वराष्ट्रपति भण्डारीलाई फोनमा भने- तपाईंको सदस्यता पेन्डिङमा गयो

काठमाडौ– नेकपा माओवादी केन्द्रबाट उपराष्ट्रपति बनेका नन्दबहादुर पुनलाई अध्यक्ष पुष्पकमल

बन्दीगृहको आँखीझ्यालबाट विश्वेश्वरले चिहाएको ‘चतरा’

काठमाडौं – २०२१ सालताका सप्तकोशी नदी हालको उदयपुर जिल्लाको बेलका