कोभिडले समस्यामा परेको अर्थतन्त्र बिस्तारै लयमा आउँदैछ : उपप्रधानमन्त्री सिंह « Khabarhub

कोभिडले समस्यामा परेको अर्थतन्त्र बिस्तारै लयमा आउँदैछ : उपप्रधानमन्त्री सिंह

अर्थतन्त्रमा व्यवसायीको योगदान महत्त्वपूर्ण 


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले कोभिडले समस्यामा परेको अर्थतन्त्र अहिले बिस्तारै लयमा आउन थालेको बताएका छन् । 

अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा नयाँ बानेश्वरमा आयोजित  बृहत् खुला रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा उनले अर्थतन्त्रका सूचकाङ्कहरू अहिले सकारात्मक देखिएको बताएका हुन् । अर्थतन्त्रलाई लयमा ल्याउन व्यवसायी र उद्यमीहरूको योगदान रहेको पनि सिंहले बताए ।

 ‘कोभिडका कारण अर्थतन्त्रमा सेडब्याक भएको थियो । यसलाई लयमा ल्याउन व्यवसायी, उद्योगीहरू र नेपालको समग्र अर्थतन्त्रको विकासमा रुचि राख्नेहरू सबै मिलेर अघि बढेकै कारण अहिले अर्थतन्त्रका सकारात्मक संकेत देखिएको छ,’ उनले भने । 

त्यस्तै, उपप्रधानमन्त्री सिंहले स्वास्थ्य शिविर आयोजना हुनु सकारात्मक रहेको धारणा राखे । ‘स्वास्थ्यमा पहुँच नहुने र तत्काल परीक्षण गर्नुपर्ने बिरामीहरूका लागि निःशुल्क स्वास्थ्य शिविरको महत्त्व छ,’ उनले भने । 

नयाँ बानेश्वर व्यापार व्यवसायी संघकाे आयोजनामा भएको सो कार्यक्रममा बाग्मती प्रदेशका आन्तरिक मामिला मन्त्री सुरजचन्द्र लामिछाने, प्रदेश सांसद दीपेन्द्र श्रेष्ठसहित स्थानीय जनप्रतिनिधिको उपस्थिति तियो ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  ३ : ४० बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण