कोभिडले समस्यामा परेको अर्थतन्त्र बिस्तारै लयमा आउँदैछ : उपप्रधानमन्त्री सिंह « Khabarhub

कोभिडले समस्यामा परेको अर्थतन्त्र बिस्तारै लयमा आउँदैछ : उपप्रधानमन्त्री सिंह

अर्थतन्त्रमा व्यवसायीको योगदान महत्त्वपूर्ण 


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले कोभिडले समस्यामा परेको अर्थतन्त्र अहिले बिस्तारै लयमा आउन थालेको बताएका छन् । 

अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा नयाँ बानेश्वरमा आयोजित  बृहत् खुला रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा उनले अर्थतन्त्रका सूचकाङ्कहरू अहिले सकारात्मक देखिएको बताएका हुन् । अर्थतन्त्रलाई लयमा ल्याउन व्यवसायी र उद्यमीहरूको योगदान रहेको पनि सिंहले बताए ।

 ‘कोभिडका कारण अर्थतन्त्रमा सेडब्याक भएको थियो । यसलाई लयमा ल्याउन व्यवसायी, उद्योगीहरू र नेपालको समग्र अर्थतन्त्रको विकासमा रुचि राख्नेहरू सबै मिलेर अघि बढेकै कारण अहिले अर्थतन्त्रका सकारात्मक संकेत देखिएको छ,’ उनले भने । 

त्यस्तै, उपप्रधानमन्त्री सिंहले स्वास्थ्य शिविर आयोजना हुनु सकारात्मक रहेको धारणा राखे । ‘स्वास्थ्यमा पहुँच नहुने र तत्काल परीक्षण गर्नुपर्ने बिरामीहरूका लागि निःशुल्क स्वास्थ्य शिविरको महत्त्व छ,’ उनले भने । 

नयाँ बानेश्वर व्यापार व्यवसायी संघकाे आयोजनामा भएको सो कार्यक्रममा बाग्मती प्रदेशका आन्तरिक मामिला मन्त्री सुरजचन्द्र लामिछाने, प्रदेश सांसद दीपेन्द्र श्रेष्ठसहित स्थानीय जनप्रतिनिधिको उपस्थिति तियो ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  ३ : ४० बजे

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

एजेन्सी– रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष