समाज विकासको प्रणेता श्रमिक हुन् : प्रचण्ड  | Khabarhub Khabarhub

समाज विकासको प्रणेता श्रमिक हुन् : प्रचण्ड 


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित भव्य कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले श्रमिक वर्गलाई समाज परिवर्तनको आधार र विकासको प्रणेता भएको उल्लेख गरेका छन् ।

अध्यक्ष प्रचण्डले नेपालमा श्रमिक वर्गका हितका लागि २००६ सालदेखि निरन्तर आन्दोलन हुँदै आएको र त्यसकै महत्वपूर्ण निरन्तरता २०५२ सालमा माओवादी नेतृत्वमा भएको जनयुद्ध रहेको बताए। उनले जनयुद्धकै जगमा मजदुर र श्रमजीवी वर्गका हक अधिकार संविधानमा सुनिश्चित गरिएको भए पनि ती अधिकार व्यवहारमा अझै कार्यान्वयन नसकेको हुँदा संविधानमै समीक्षा आवश्यक रहेको धारणा व्यक्त गरे।

 अध्यक्ष प्रचण्डले ठेकेदारी प्रथा, आउटसोर्सिङ र न्यून ज्यालाजस्ता श्रमिकविरोधी प्रवृत्ति नियन्त्रण गर्न नसकिएकोप्रति चिन्ता व्यक्त गरे । राम्रो काम गर्दा गर्दै सरकार बाट हट्नु परेको बताउँदै उनले माओवादी नेतृत्वको सरकारबाट भएका राम्रा कामहरूको चर्चा गरे। उनले सामाजिक सुरक्षा को विस्तार, मिटर ब्याज पीडितको समस्या समाधान का लागि लिएको पहल कदमी, अनौपचारिक क्षेत्रमा कार्यरत मजदुरलाई सामाजिक सुरक्षा अन्तर्गत ल्याउने पहल लगायतका कार्यलाई श्रमजीवी वर्गको हितमा माओवादीले गर्न खोजेका उल्लेखनीय काम बताए।

झापादेखि कञ्चनपुरसम्म सञ्चालन गरिएको हुलाकी राजमार्ग केन्द्रित अभियानको प्रसंग उल्लेख गर्दै उनले जनताको घरघरमा पुगेर पीडा बुझेको र त्यही अनुभूतिका आधारमा माओवादी पार्टीले आफूलाई सुधारेर श्रमिक र किसानको असली पार्टी बनाउने दृढता व्यक्त गरे ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  ३ : ४० बजे

रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु

चन्द्रपुर– रौतहटमा आज बिहान करेन्ट लागेर एकजनाको मृत्यु भएको छ

युके पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी

अरनिको राजमार्ग : धुलिखेल-साँगा सडकखण्डमा काम रोकियो

काभ्रेपलाञ्चोक– स्तरोन्नती भइरहेको अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडकखण्डको काम वर्षाका कारण

विश्वकै ठुलो शालिग्राम शिला एक महिनादेखि डुबानमा

पर्वत– पर्वत, स्याङजा र गुल्मीको सङ्गम स्थलमा रहेको विश्वकै ठुलो

दुर्गम क्षेत्र र पछाडि पारिएको समुदायबाट एसईई गरेका दुई जनालाई छात्रवृत्तिमा पढाइने

काठमाडौं– नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले दुर्गम क्षेत्र र पछाडि