एलओडीले छ वसन्तमा धेरै पालुवा फेरेको छ : निर्देशक कुँवर « Khabarhub

एलओडीले छ वसन्तमा धेरै पालुवा फेरेको छ : निर्देशक कुँवर


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ठमेलमा रहेको एलओडी क्लबका निर्देशक भुपेन कुँवरले एलओडीले छ वसन्तमा धेरै पालुवा फेरेको बताएका छन् ।

क्लब विश्वकै ४४ औँ उत्कृष्ट बनेको अवसरमा सोमबार साँझ आयोजित उत्सवका क्रममा कुँवरले सो कुरा बताएका हुन् ।

कर्मचारीको निरन्तरको मेहनतले क्लबलाई यहाँसम्म ल्याइ पुर्‍याएको बताएका उनले एलओडीले यो ठाउँमा जग गाडेर ६ वटा वसन्त पार गरिसकेको जानकारी दिए ।

रात्रीकालीन व्यवसायका धेरै चुनौती रहेको बताउँदै क्लबप्रति हाम्रो मुलुकमा वा नेपाली समाजमा सकरात्मक धारणा बन्न नसकेको उनले गुनासो समेत कुँवरले गरेका थिए । क्लब जाने मानिस बिग्रने विकृती ल्यायो जस्ता धारणा बन्ने गरेको दुःखेसो उनले पोखेका थिए ।

निर्देशक कुँवरले एलओडी क्लबले क्लबप्रतिको धारणालाई कता–कता चिर्न सकेको दाबी गरे । जहाँ क्लब जानु भनेको नराम्रो मानिने समाजमा हाम्रो जीवन रहेको उनको बुझाइ छ ।

उनले विचार र नियत राम्रो भए जहाँसुकै पनि राम्रो भइने धारणा व्यक्त गरे । यहाँ परिवारसहित आएर आनन्दले नाँचेर मनोरञ्जन गर्न सक्नुहुन्छ भनेका उनले अहिले काठमाडौं आउने देशी तथा विदेशी पाहुनाहरूको पहिलो लिस्टमा एलओडी प्राथमिकतामा पर्न थालेको र यो मुलुकका लागि गौरवको विषय बनेको छ बताए ।

हाल एलओडी क्लबमा १ सय ५० बढी कर्मचारी कार्यरत रहेको कुँवरले बताए ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  ३ : ५२ बजे

प्रधानमन्त्री कप क्रिकेट : नेपाल पुलिस विजयी

काठमाडौं– राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा

ओलीको घोषणा : जाँचबुझ आयोगको प्रतिवेदन निन्दनीय र खेदजनक, स्वीकार्दैनौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र

शान्त प्रदर्शनकारीमाथि नगरप्रहरीको दमन

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको छानबिनका

रास्वपाको संसदीय दलको बैठक सुरु

 काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक सुरु भएको

इरानी वार्ताकारले विचित्रको व्यवहार देखाए, समयमै गम्भीर नभए परिणाम भयानक : ट्रम्प

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी वार्ताकारको व्यवहारलाई ‘विचित्र’ भन्दै