एलओडीले छ वसन्तमा धेरै पालुवा फेरेको छ : निर्देशक कुँवर « Khabarhub

एलओडीले छ वसन्तमा धेरै पालुवा फेरेको छ : निर्देशक कुँवर


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ठमेलमा रहेको एलओडी क्लबका निर्देशक भुपेन कुँवरले एलओडीले छ वसन्तमा धेरै पालुवा फेरेको बताएका छन् ।

क्लब विश्वकै ४४ औँ उत्कृष्ट बनेको अवसरमा सोमबार साँझ आयोजित उत्सवका क्रममा कुँवरले सो कुरा बताएका हुन् ।

कर्मचारीको निरन्तरको मेहनतले क्लबलाई यहाँसम्म ल्याइ पुर्‍याएको बताएका उनले एलओडीले यो ठाउँमा जग गाडेर ६ वटा वसन्त पार गरिसकेको जानकारी दिए ।

रात्रीकालीन व्यवसायका धेरै चुनौती रहेको बताउँदै क्लबप्रति हाम्रो मुलुकमा वा नेपाली समाजमा सकरात्मक धारणा बन्न नसकेको उनले गुनासो समेत कुँवरले गरेका थिए । क्लब जाने मानिस बिग्रने विकृती ल्यायो जस्ता धारणा बन्ने गरेको दुःखेसो उनले पोखेका थिए ।

निर्देशक कुँवरले एलओडी क्लबले क्लबप्रतिको धारणालाई कता–कता चिर्न सकेको दाबी गरे । जहाँ क्लब जानु भनेको नराम्रो मानिने समाजमा हाम्रो जीवन रहेको उनको बुझाइ छ ।

उनले विचार र नियत राम्रो भए जहाँसुकै पनि राम्रो भइने धारणा व्यक्त गरे । यहाँ परिवारसहित आएर आनन्दले नाँचेर मनोरञ्जन गर्न सक्नुहुन्छ भनेका उनले अहिले काठमाडौं आउने देशी तथा विदेशी पाहुनाहरूको पहिलो लिस्टमा एलओडी प्राथमिकतामा पर्न थालेको र यो मुलुकका लागि गौरवको विषय बनेको छ बताए ।

हाल एलओडी क्लबमा १ सय ५० बढी कर्मचारी कार्यरत रहेको कुँवरले बताए ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  ३ : ५२ बजे

उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ ।

सन् २०२७ सम्ममा युरोपेली ऊर्जा बजारमा पूर्ण एकीकरण हुने युक्रेनी लक्ष्य

एजेन्सी– युक्रेनले सन् २०२७ सम्ममा युरोपेली युनियन (ईयू)को ऊर्जा बजारमा

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ र

सहमति बन्न नसक्दा विधेयक माथिको कारबाही रोकियो

सुदूरपश्चिम– सत्तारूढ दलबीच सहमति जुट्न नसक्दा ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको

नेपालद्वारा जिम्बाब्वे पराजित

काठमाडौं- पूजा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई पराजित गर्दै आइसिसी महिला