समृद्धिको यात्रामा सहभागी हुन प्रधानमन्त्रीको आह्वान « Khabarhub

समृद्धिको यात्रामा सहभागी हुन प्रधानमन्त्रीको आह्वान


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिको यात्रामा सहभागी हुन सबैलाई आह्वान गरेका छन् । 

१३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आज आयोजित शुभकामना आदानप्रदान तथा श्रम संसार पोर्टलको शुभारम्भ कार्यक्रममा सरकारले आगामी दशकलाई आन्तरिक समृद्धि प्रवर्द्धनको दशक बनाउने भएकाले सबैको सहयोग र समन्वय गर्नुपर्ने बताए।

सरकारले आगामी दशकलाई आन्तरिक समृद्धि प्रवर्द्धनको दशक बनाउन रणनैतिक कार्ययोजना निर्माण गरिरहेको बताउँदै प्रधानमन्त्री ओलीले मुलुकको समृद्धिको यात्रामा सहभागी हुन सबै निकाय, वर्ग, समुदाय, क्षेत्रलगायतलाई आह्वान गरे । 

अन्तर्राष्ट्रिय श्रम दिवसको अवसरमा श्रमको सम्मान गर्ने संस्कृति विकास गर्न र समाजवाद उन्मुख समृद्ध नेपालको संकल्पमा एकजुट हुन प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दै उनले मुलुकको समृद्धिको यात्रामा सबै सहभागी हुनुपर्नेमा जोड दिए । 

उनले स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण श्रमजीवी नेपालीमा शुभकामना व्यक्त गर्दै विश्व श्रमिक सङ्गठन (आइएलओ)ले सन् २०२५ ले तय गरेको ‘सेफ्टि एण्ड हेल्थ अफ वर्कर, डिजिटलाइजेसन एण्ड द फ्युचर अफ वर्क’ नारा नेपालका लागि पनि सान्दर्भिक रहेको बताए।

‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य प्राप्तिमा सूचना प्रविधिको प्रयोग अत्यावश्यक भएको बताउँदै उनले ज्ञानमा आधारित समाज र डिजिटल अर्थतन्त्रको निर्माण, प्रविधिको उच्च प्रयोग गरेर विकास र समृद्धिका लक्ष्य प्राप्त गर्न, सबै नेपालीलाई सरल र सहज तवरले सेवा प्रवाह गर्न सूचना प्रविधिको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गरे । 

प्रधानमन्त्री ओलीले रोजगारदाता, श्रमिक र तालिम प्रदायकबीच समन्वयकारी भूमिका निर्वाह गर्न सहयोग गर्ने र राष्ट्रिय मानव संशाधन प्रणालीको अनुगमन, मूल्यांकन तथा विश्लेषणको आधार निर्माण गर्ने बताए।

उनले श्रम बजारको विकास गर्न तालिम, उद्यमशीलताको विकास गर्न सहुलियतपूर्ण कर्जा सरकारले उपलब्ध गराउने बताउँदै सबै श्रम तथा रोजगार सेवालाई जनताको घरदैलोमा पुर्‍याउन श्रम मन्त्रालयले सुरुआत गरेको ‘श्रम संसार’ पोर्टल उल्लेख्य कार्य भएको धारणा राखे। यसलाई निकट भविष्यमा नागरिक एपमा आवद्ध गरी सम्पूर्ण जनतासँगको पहुँच अभिवृद्धि गर्न निर्देशन गर्ने प्रधानमन्त्री ओलीले प्रतिवद्धता व्यक्त गरे । 

उनले यसको प्रभावकारिताका लागि जनताको प्रतिवद्धताः श्रमिक, महिला र युवाको रोजगार सुरक्षामा जोड दिनु आवश्यक पर्ने स्पष्ट पारे।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  ३ : ५९ बजे

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड