नबिल बैंक र अपोलो इन्फर्मेसन सेन्टरबीच समझदारी, नबिलका ग्राहकलाई १० प्रतिशत छुट « Khabarhub

नबिल बैंक र अपोलो इन्फर्मेसन सेन्टरबीच समझदारी, नबिलका ग्राहकलाई १० प्रतिशत छुट


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नबिल बैंक लिमिटेड र भारतको अपोलो अस्पतालको प्रतिनिधि संस्था अपोलो इन्फर्मेसन सेन्टरबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंकका ग्राहकलाई भारतमा स्वास्थ्य उपचार गर्दा विशेष छुट तथा सहजीकरणका लागि उक्त समझदारी गरिएको बैंकले जनाएको छ ।

बैंकका तर्फबाट प्रमुख बजार अधिकृत कृष्णप्रसाद सुवेदी र अपोलो इन्फर्मेसन सेन्टरका तर्फबाट प्रबन्ध निर्देशक (कानून) सुशीलकुमार चापागाइँले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

समझदारीअनुसार अब नबिल बैंकका सेवाग्राहीहरूले अपोलो अस्पतालमा उपचार गर्दा १० प्रतिशतसम्मको विशेष छुट र व्यक्तिगत परामर्श सेवा प्राप्त गर्न सक्नेछन् ।

नबिल बैंकका प्रमुख बजार अधिकृत सुवेदीले यो समझदारीले बैंकका ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा लिन सहज हुने बताए ।

उनले भने, ‘नेपालबाट विभिन्न रोगका उपचारका लागि भारतका अस्पतालमा जानेको संख्या उल्लेख्य छ, बैंकका ग्राहकलाई विश्वस्तरीय स्वास्थ्य सेवा सुलभ रुपमा उपलब्ध गराउने उद्देश्यले अपोलो इन्फर्मेसन सेन्टरसँगको समझदारी गरिएको हो ।’

समझदारीपछि नबिल बैंकका ग्राहक, कर्मचारी तथा शेयरधनीहरूले भारतस्थित अपोलो अस्पतालमा स्वास्थ्य उपचार गर्दा विशेष छुट र भारतमा उपचार गर्नका लागि आवश्यक परामर्श तथा सुविधाहरू पाउने बैंकले जनाएको छ । 

यस सहकार्यबाट भारतमा विशेष स्वास्थ्य सेवा लिन चाहने नेपाली बिरामीले अस्पतालमा डाक्टर छनोट गर्न र यात्राको व्यवस्थापनमा भोगिरहेको समस्या समाधानमा सहयोग पुग्नेमा बैंकले विश्वास गरेको छ । 

ग्राहकले बैंकका डेबिट तथा क्रेडिट कार्ड, नबिल क्यूआर, नबिल स्मार्ट मोबाइल एप वा बैंक ट्रान्सफरमार्फत भुक्तानी गर्दा सो छुट तथा सेवा प्राप्त गर्नेछन् । उक्त समझदारी दुई वर्षसम्म लागू हुने जनाइएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  ४ : ३६ बजे

लोकसेवा आयोगमा सरकारी हस्तक्षेपको आरोप लगाउँदै युवाको प्रदर्शन

काठमाडौं– लोकसेवा आयोगको स्वायत्ततामा सरकारी हस्तक्षेप भएको भन्दै युवाहरूले काठमाडौंमा

भक्तजनका लागि पशुपतिनाथमा दर्शन र पूजाआजा व्यवस्थित

काठमाडौं– सौरमासअनुसार साउनको दोस्रो सोमबार आज पशुपतिनाथ मन्दिरमा भक्तजनको दर्शन र

सुनसरीमा कर्फ्युबीच पनि सर्वसाधारणका घर तोडफोड र आगजनी

सुनसरी- स्थानीय प्रशासनले लगाएको कर्फ्युबीच पनि सुनसरीमा सर्वसाधारणको घरमा आगजनी

बैतडीमा घाँस काट्ने क्रममा ढुङ्गाले लागेर महिलाको  मृत्यु

सुदूरपश्चिम– बैतडीमा घाँस काट्ने क्रममा ढुङ्गाले लागेर एक जनाको मृत्यु

काठमाडौंमा साउन १३ देखि टप–१६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियनसिप

काठमाडौं– प्रथम काठमाडौं खेलमण्डल(एनआरटी) नेपाल टप-१६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियनसिप