नेपाललाई एमसीसीले ठूलो आर्थिक संकटमा पारिदियो : सुरेन्द्र पाण्डे « Khabarhub

नेपाललाई एमसीसीले ठूलो आर्थिक संकटमा पारिदियो : सुरेन्द्र पाण्डे


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

ललितपुर– नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले अमेरिकी सहयोग परियोजना एमसीसी रोकिँदा नेपाललाई झन् अप्ठ्यारो परेको बताएका छन् । 

राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएपछि करिब १०२ अर्बको एमसीसी परियोजना बन्द हुँदा देश तरङ्गित भइरहेका बेला पूर्वअर्थमन्त्रीसमेत रहेका पाण्डेले यस्तो भनेका हुन् ।

सेन्टर फर पोलिसी रिसर्चले बिहीबार ललितपुरमा गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले भने- ‘अहिले एमसीसी रोकिनु नेपालका लागि कास्टिङ हो । अहिले अमेरिकाले दिने भनेको ५५ करोड डलरको करिब ७५ अर्ब रुपैयाँ नेपाली पैसा रोकिएको छ । त्यसमा नेपालले १४ अर्ब हाल्ने भनेको थियो । तर, २७ अर्ब पुग्दा १०२ अर्बको परियोजना रोकिने भयो ।’

उनले अब नेपालका लागि एमसीसी निल्नु न ओकल्नु बनेको पनि बताए । ‘अहिलेसम्म तीनवटा ठेक्का लागेको छ। तीनवटा ठेक्कालाई मात्रै पनि नेपालले लगानी गर्नुपर्ने बाध्यता आएको छु,’ उनले भने, ‘एमसीसी कार्यान्वयनको १९ महिना सकियो । नेपालले अबको ३ वर्षमा प्रतिवर्ष ३४ अर्ब निकाल्नु पर्छ।’

पाण्डेले लागिसकेका तीनवटा ठेक्काको काम बढाउनै पर्नु बाध्यतामा नेपाल रहेको बताएका छन् ।

 ‘अब ती लागिसकेका ठेक्का रद्द गर्न सकिँदैन । त्यसो गरे ठेकेदार अन्तर्राष्ट्रिय अदालत जान्छ। ठेकेदारलाई नेपालले क्षतिपूर्ति दिनुपर्छ,’ उनले भने, ‘जसो गर्दा पनि हामीलाई एमसीसीले आर्थिक भार थप्यो।’

पूर्वअर्थमन्त्री पाण्डेले अमेरिकाले युएसएआइडीको पनि सहयोग रोकेको बताए ।

 ‘युएसएआइडीको थप ५ वर्षका लागि ९० अर्बको सम्झौता भएको थियो’, उनले भने, ‘त्यो रोकिएपछि कयौँ कार्यालय बन्द भए, ताला लागे। जहाजदेखि होटलसम्म असर परेको छ । अब राजनीतिक क्षेत्र र व्यवसायीले यो संकटबाट अर्थतन्त्र अगाडि लान योजना बनाउनु आवश्यक छ ।’

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  ६ : १६ बजे

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द

मकरस्नानमा आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गा

नवलपरासी– पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको

थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

थाइल्यान्ड – थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा बुधबार