पाँच महिनादेखि तलब नपाएका इँटाभट्टाका मजदुरको गुनासो- कमाइले हातमुख जोर्न पुग्दैन (भिडियो) « Khabarhub

पाँच महिनादेखि तलब नपाएका इँटाभट्टाका मजदुरको गुनासो- कमाइले हातमुख जोर्न पुग्दैन (भिडियो)



श्रमिक दिवसका अवसरमा श्रमिकका हक, अधिकारका विषयमा नेताहरूले मुठ्ठी कसेर प्रतिवद्धता जनाइरहँदा इँटाभट्टामा काम गर्ने मजदुर भने बेखबर देखिए । हिलो माटोलाई चारकुने आकार दिएर रोजीरोटीको व्यवस्था गरिरहेका मजदुरहरूको दिनरात चर्खा घुमेसरह बित्छ ।  

खबरहब टोली भक्तपुरको इँट्टा भट्टा पुग्दा केही श्रमिकहरू भट्टीमै काम गरिरहेको भेटिए । रामेछाप नगरपालिका वडा नम्बर २ का गंगाबहादुर मगर १४ वर्षदेखि माटोसँगै परेड खेलिरहेका छन् । सानो परिवार भएको हुनाले आफ्नो कमाइले जीवन धान्न सहज भएको अनुभव उनको छ ।

गंगाबहादुर मगर

त्यस्तै काभ्रेका वीरबहादुर वाइबा उमेरले ५२ वर्ष पुगे ।  उनी २२ वर्षदेखि यहाँ काम गरिरहेका छन् । श्रमिक दिवसका बारेमा उनले सुन्न त सुनेका छन तर वर्षाका कारण उत्सव मनाउन जान नसकेको बताए । रातदिन माटोमा श्रम गर्दा पनि कमाइ २० हजार नाघ्न नसक्दा उनलाई पीडा हुन्छ । अन्य काम नपाउने भएकाले आफू यही काममा जोतिनुपरेको दुखेसो वाइबाको छ । 

वीरबहादुर वाइबा

उमेरले ५५ नाघेका राजकुमार खड्का ५–६ महिना देखि तलब नपाएको गुनासो गर्छन् । रातदिन माटोमा नङ्ग्रा खियाउँदा पनि हातमुख जोर्न, सन्तानको भरणपोषण र स्कुलको फी तिर्न नसकेकोमा गुनासो छ । काम गरेर पनि ऋणमा जीवन चलाउनु परेको पीडाले मन भतभती पोल्ने गरेको खड्का सुनाउँछन् । 

राजकुमार खड्का

भट्टामै भेटिएका अर्का मजदुर हुन्– सिन्धुपाल्चोकका कुलबहादुर पुरी । प्राविधिकको काम गर्दै आएका उनी पाँच महिनादेखि पारिश्रमिक नपाएको बताउँछन् ।  उधारोमा तेलचामल किनिरहेको बताउने उनी श्रमको सम्मान हुन नसकेकोमा दुखी छन् । 

कुलबहादुर पुरी

काभ्रे पनौतीका ५३ वर्षे अनिल वाइबाको पनि समान भोगाइ छ । उनले पनि महिनौँदेखि तलब पाएका छैनन् । भट्टामा कोइला हाल्ने काम गर्ने अनिल आफ्नो काम छोड्न नमिल्ने खालको रहेको बताउँछन् ।

अनिल वाइबा

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  ८ : ०५ बजे

चिनियाँ अधिकृत ली लेयाङ : केरुङ आएको चार दिनमै बाढीमा परिन्, बुवाआमालाई बेइजिङ घुमाउने सपना अधुरै

काठमाडौं– चीन–नेपाल सीमास्थित भोटेकोशी नदीमा गत भदौ १० गते बिहान

साउदीलाई हराउँदै एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुग्यो नेपाल

काठमाडौं- साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपाल एसीसी प्रिमियर

बर्खासँगै काठमाडौं उपत्यकामा पहिरोको जोखिम बढ्यो (तस्बिरहरू)

काठमाडौं– बर्खायामसँगै काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा पहिरोको जोखिम बढेको छ।

सिडियोलाई गृहको पत्राचार : ऋण असुल्ने नाममा गैरकानुनी प्रक्रिया अपनाउनेलाई कानुनी कारबाही गर्नु

काठमाडौं– गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय (सिडिओ)लाई पत्र लेख्दै ऋण

चिलिमे सुरुङमा पुगे सांसदद्वय सागर र श्रीराम, ‘ब्लास्ट’ गरेर बाटो खोल्न सेनालाई सुझाव

रसुवा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा इन्जिनियर सागर