इस्तानबुलमा प्रदर्शन रोक्ने क्रममा ४०० जना पक्राउ « Khabarhub

इस्तानबुलमा प्रदर्शन रोक्ने क्रममा ४०० जना पक्राउ


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

इस्तानबुल– टर्कीको इस्तानबुलमा मे दिवसको प्रदर्शन रोक्नका लागि प्रहरीले बिहीबार ४०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको छ ।

शहरका अधिकारीहरूले मेट्रो, बस र डुङ्गा सेवाहरू बन्द गरे र शहरको मध्य तक्सिम स्क्वायरमा विरोध प्रदर्शन गर्ने योजना बनाइरहेका १०० जनालाई प्रहरीले गिरफ्तार गरेका छन् । इस्तानबुलमा सन् २०१३ देखि प्रदर्शनमा प्रतिबन्ध लगाइएको छ ।

यस वर्षको मे दिवस प्रमुख विपक्षी रिपब्लिकन पिपुल्स पार्टी (सीपीएच)सँग राष्ट्रपतिपदका उम्मेदवार एकरेम इमामोग्लुलाई हिरासतमा लिएपछि विवादमा फसेको छ । इस्तानबुलका मेयर रहेका इमामोग्लुलाई राष्ट्रपति रेसेप तैयप एर्दोआनको सबैभन्दा ठूलो राजनीतिक प्रतिद्वन्द्वी मानिएको छ ।

सीएचडी वकिल समूहको इस्तानबुल शाखाले बिहीबार एक्समा लेखेको छ, “प्रदर्शन गर्न खोजेकोृ आरोपमा पक्राउ पर्नेको सङ्ख्या ४०० भन्दा बढी छ ।” शहरका अधिकारीहरूबाट हिरासतमा लिइएको बारेमा तत्काल कुनै टिप्पणी गरिएको छैन।

शहरको युरोपतर्फको छिमेकमा दर्जनौं व्यक्तिलाई पक्राउ गरिएको आफूहरूले देखेको एएफपीका स्थानीइ पत्रकारहरूले बताएका छन् । स्थानीय सञ्चार माध्यम र एएफपीका एक पत्रकारका अनुसार शहरको एसियाली क्षेत्रमा मजदुर युनियनहरूले आह्वान गरेको विरोध प्रदर्शनमा सहभागी हुन हजारौँ मानिस भेला भएका थिए।

बुधबार अधिकारवादी समूह एम्नेस्टी इन्टरनेसनलले टर्कीलाई ताक्सिममा भएको प्रदर्शनमा लगाइएको प्रतिबन्ध फुकुवा गर्न आग्रह गरेको थियो । एम्नेस्टीका युरोपसम्बन्धी विशेषज्ञ दिनानुशिका दिसानायकेले भन्नुभयो, “तक्सिम स्क्वायरमा मे दिवस मनाउन लगाइएको प्रतिबन्ध सार्वजनिक व्यवस्थाको लागि पूर्णतया बनावटी सुरक्षाका लागि भनी लगाइएको छ र यसलाई तत्काल हटाउनुपर्छ ।

हरेक वर्ष जस्तै यो बर्ष पनि यस स्क्वायरलाई धेरै दिनदेखि व्यापक प्रहरीसहित कडा सुरक्षा घेरामा राखिएको थियो । मे दिवसका दिन हुनसक्ने सम्भावित प्रदर्शनलाई रोक्ने उद्देश्यका साथ प्रशासनले इस्तानबुल शहरमा कम्तीमा ५० हजार प्रहरी तैनाथ गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  ८ : २४ बजे

देउवालाई गगनको कटाक्ष : पाँच पटक प्रधानमन्त्री भएको व्यक्ति छैटौँ पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाप्रति कटाक्ष

अमेरिकी राष्ट्रिय ऋण ४०० खर्ब डलर नाघ्यो

वासिङ्टन- अमेरिकी सङ्घीय सरकारको कुल राष्ट्रिय ऋण पहिलोपटक ४०० खर्ब अमेरिकी

महाधिवेशन रोक्न सर्वोच्च जाँदै कांग्रेसको इतर पक्ष, संस्थापन भन्छ, ‘कुनै हालतमा रोकिँदैन’

काठमाडौं– नेपाली कांग्रेसको विवाद तत्काल समाधान हुने संकेत देखिएको छैन

नौ सुकुम्वासीले गुमाए ज्यान, सडकबाट सरकारलाई खबरदारी (तस्बिरहरू)

काठमाडौं– भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीका हक-अधिकार सुनिश्चितताको माग गर्दै काठमाडौँमा

‘सरकारका कसैले अनुसन्धानमा अवरोध गरे कारबाही गर्न अख्तियारलाई छुट छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अख्तियारलाई पूर्ण