नदीजन्य पदार्थ ओसारपसार गर्ने ट्याक्टरसहित तीनजना पक्राउ « Khabarhub

नदीजन्य पदार्थ ओसारपसार गर्ने ट्याक्टरसहित तीनजना पक्राउ


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – डिभिजन वन कार्यालय धनुषाले अवैध रुपमा सामुदायिक वनबाट नदीजन्य सामग्री उत्खनन् गरिरहेको अवस्थामा तीन ट्याक्टरसहित तीनजनालाई नियन्त्रणमा लिएको छ । उनीहरुमाथि आवश्यक कारबाही अगाडि बढाइएको छ ।

मिथिला नगरपालिका–५ औरही बाबा सामुदायिक वन क्षेत्रबाट अवैध रुपमा नदीजन्य सामग्री उत्खनन् गरिरहेको सूचनाको आधारमा आज वनका कर्मचारीको टोलीले ट्याक्टरसहित तीनजनालाई नियन्त्रणमा लिएको कार्यालय प्रमुख विनोद सिंहले जानकारी दिए ।

सवडिभिजन वन कार्यालय पुष्पवलपुर तथा जिल्लाबाट खटिएको संयुक्त टोलीले ज१त ४८५६, ज१त ६३७७ तथा मधेस प्रदेश ०२–००१ २८७७ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको उनले बताए ।

ट्याक्टरसँगै मिथिला नगरपालिका–५ विश्रामपुरका सामेली उछामी, समिर भुजेल र सुन्दर कुमारलाई नियन्त्रणमा लिइएको हो । कार्यालय प्रमुख सिंहका अनुसार नियन्त्रणमा लिएका तीनै जनामाथि वन ऐनअनुसार कारबाही हुने बताए ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  ९ : ३१ बजे

आँट गरेरै सर्लाहीबाट उम्मेदवारी दिएको हुँ : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आँट गरेर सर्लाही–४

विश्व राजनीति : ईयु– अमेरिका सम्बन्धमा नयाँ अध्याय सुरु

एजेन्सी– युरोपेली सङ्घ (ईयु) ले ग्रिनल्याण्ड विवादका कारण बढ्दो तनावको

उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ ।

सन् २०२७ सम्ममा युरोपेली ऊर्जा बजारमा पूर्ण एकीकरण हुने युक्रेनी लक्ष्य

एजेन्सी– युक्रेनले सन् २०२७ सम्ममा युरोपेली युनियन (ईयू)को ऊर्जा बजारमा

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ र