काठमाडौं – युइएफए च्याम्पियनसिपको उपाधिका फ्रेन्च क्लब पेरिस सेन्टजर्मेन (पीएसजी) ले पहिलोपटक जित्दै इतिहास बनाएको छ ।
कुनै बेला यो प्रतियोगिताको उपाधि जित्न लियोनल मेस्सी, नेयमार र किलियन एम्बाप्पेलाई एकसाथ खेलाएको पीएसजीले ती तीनैजना खेलाडीले छाडेपछि इतिहास रचेको हो ।
एम्बाप्पे गत सिजन मात्रै पीएसजीबाट रियल मड्रिडमा आवद्ध भएका थिए । संयोग कस्तो भने रियलले यो उपाधि रक्षा गर्न चुकेको सिजन पीएसजीले इतिहास बनाएको हो ।
पीएसजीले इटालियन क्लब इन्टर मिलानलाई ५-० को एकपक्षीय नतिजामा हराएको हो ।
युरोपेली फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता च्याम्पियन लिगको फाइनल जर्मनीको म्युनिख एलियान्ज एरिनामा हुनेछ ।
उपाधि यात्राका क्रममा नकआउट चरणमा लिभरपुललाई हराउँदै पीएसजीले फाइनलमा स्थान सुरक्षित गरेको थियो । पीएसजी यसअघि सन् २०२० मा पनि फाइनल पुगेको थियो ।

त्यसबेला फाइनलमा बायर्न म्युनिखसँग पराजित भएको पीएसजीले उपविजेतामा चित्त बुझाउनु परेको थियो । यसपटक प्रशिक्षक लुइस एनरिकको नेतृत्वमा रहेको टोलीले लिग १ र फ्रेन्च कप जित्दै उत्कृष्ट प्रदर्शन गरेको छ । इनरिकले बार्सिलोना पछाडि एकै सिजन तीन उपाधि चुम्ने अर्को रेकर्ड बनाएका छन् ।
च्याम्पियन्स लिगको उपाधि यात्रामा पीएसजीले लिभरपुल, एस्टन भिला र आर्सनल जस्ता सशक्त टोलीलाई पराजित गरेका थियो । यो पीएसजीको पहिलो युरोपेली च्याम्पियन्स लिग उपाधि हो । मार्सेपछि पीएसजी च्याम्पियन्स लिगको उपाधि जित्ने दोस्रो फ्रान्सेली क्लब बनेको छ।
इन्टर मिलान फेरि अभागी सावित भएको छ । यसअघि तीन पटक (१९६४, १९६५, २०१०) च्याम्पियन्स लिग जितेको उसले सन् २०२२ मा म्यानचेस्टर सिटीसँग फाइनल गुमाएको थियोे ।
यसपटक, प्रशिक्षक सिमोने इन्जाघीको नेतृत्वमा, इन्टरले फेएनोर्ड, बायर्न म्युनिख, र बार्सिलोनालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । सेमिफाइनलमा बार्सिलोनासँग ६–६ को समग्र स्कोरपछि अतिरिक्त समयमा डाभिडे फ्राट्टेसीको गोलले इन्टरलाई फाइनलमा पुर्याएको थियो। तर, इन्टर फेरि निराश हुनु परेको छ ।

एक दशकको मिहिनेत
पीएसजीले च्याम्पियन्स लिगको शिखरमा पुग्न एक दशक मिहिनेत गरेको छ।
एक दशकभन्दा बढी समयको असफल प्रयासपछि अन्ततः पीएसजीले युरोपेली उपाधि जितेका छन् । त्यो पनि अत्यन्त शानदार शैलीमा।
उनीहरूले म्युनिखमा इन्टरलाई केवल पराजित गरेनन्, ध्वस्त बनाएका छन्। इटालियन क्लबको अत्यन्त लाजमर्दो प्रदर्शन थियो, तर उता पीएसजीले अद्भुत खेल्यो।
स्पेनी प्रशिक्षक लुइस एनरिके यो जितका हकदार थिए । खेलअघि उनले बोलेका थिए, ‘मेरी छोरीले जस्तै आज जितको एउटा झण्डा गाड्ने सपना देखेको थिएँ, त्यो गर्न सक्नु सुखद क्षण हुने छ ।’
खेल सकिएपछि एनरिके पूर्ण रूपमा भावनामा बगेका देखिए। पीएसजीका प्रशिक्षकले आफ्नो सर्ट फालेर मैदानको चारैतिर दौडिए । यस्तो अद्भुत अवस्था उनीमा सायद कहिल्यै देखिएको थिएन।
।
प्रतिक्रिया