पिएसजीले च्याम्पियन्स लिगको उपाधि उचाल्दा १९ वर्षीय डोयु बने नयाँ स्टार « Khabarhub

पिएसजीले च्याम्पियन्स लिगको उपाधि उचाल्दा १९ वर्षीय डोयु बने नयाँ स्टार


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शनिबार राति म्युनिखमा भएको खेलमा पेरिस सेन्ट जर्मन (पिएसजी) लाई युरोपेली च्याम्पियन्स लिगको उपाधि दिलाउने क्रममा टिन एजर डिजायर डोयुले उत्कृष्ट प्रदर्शन गरे।

च्याम्पियन्स लिग फाइनलमा सबै भन्दा फराकिलो जितको कीर्तिमान बनेको सो खेलमा गरेको उत्कृष्ट प्रदर्शनले १९ वर्षीय डोयु नयाँ स्टारको रूपमा उदाएका हुन्। खेलको १२ औ मिनेटमा डोयुको सहयोगमा गोल गर्दै हाकिमीले पिएसजीलाई अग्रता दिलाएका थिए।

पहिलो गोल भएको आठ मिनेटपछि डोयुले पिएसजीका लागि अर्को गोल गरे। इन्टरविरुद्ध आक्रामक र आकर्षक खेल प्रदर्शन गरेका उनले खेलको ६३ औँ मिनेटका अर्को गोल गरे। खेलको ७३ औँ मिनेटमा पिएसजीका लागि भाराटसेकलिया तथा ८६ औँ मिनेटमा मायुलुले गोल गरे।

पिएसजीका प्रशिक्षक लुइस इननरिक्यु दुई टोलीलाई च्याम्पियन्स लिग दिलाउने छैटौँ प्रशिक्षक बनेका छन्। सन् २०१५ मा उनको प्रशिक्षणमा बार्सिलोनाले उपाधि जितेको थियो।

सन् १९९५ मा आयाक्सका प्याट्रिक क्लुभर्ट र सन् २००४ मा एफसी पोर्टोका कार्लोस अल्बर्टोपछि च्याम्पियन्स लिगको फाइनलमा गोल गर्ने डोयु तेस्रो खेलाडी बने। १९ वर्षीय मायुलु पनि च्याम्पियन्स लिगको फाइनलमा गोल गर्ने चौथो खेलाडी बने।

गएराति भएको फाइनलमा इन्टर मिलानमाथि ५-० को शानदार जितसहित पिएसजीले च्याम्पियन्स लिगको उपाधि हात पारेको हो।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ५ : ५४ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने