पिएसजीले च्याम्पियन्स लिगको उपाधि उचाल्दा १९ वर्षीय डोयु बने नयाँ स्टार « Khabarhub

पिएसजीले च्याम्पियन्स लिगको उपाधि उचाल्दा १९ वर्षीय डोयु बने नयाँ स्टार


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शनिबार राति म्युनिखमा भएको खेलमा पेरिस सेन्ट जर्मन (पिएसजी) लाई युरोपेली च्याम्पियन्स लिगको उपाधि दिलाउने क्रममा टिन एजर डिजायर डोयुले उत्कृष्ट प्रदर्शन गरे।

च्याम्पियन्स लिग फाइनलमा सबै भन्दा फराकिलो जितको कीर्तिमान बनेको सो खेलमा गरेको उत्कृष्ट प्रदर्शनले १९ वर्षीय डोयु नयाँ स्टारको रूपमा उदाएका हुन्। खेलको १२ औ मिनेटमा डोयुको सहयोगमा गोल गर्दै हाकिमीले पिएसजीलाई अग्रता दिलाएका थिए।

पहिलो गोल भएको आठ मिनेटपछि डोयुले पिएसजीका लागि अर्को गोल गरे। इन्टरविरुद्ध आक्रामक र आकर्षक खेल प्रदर्शन गरेका उनले खेलको ६३ औँ मिनेटका अर्को गोल गरे। खेलको ७३ औँ मिनेटमा पिएसजीका लागि भाराटसेकलिया तथा ८६ औँ मिनेटमा मायुलुले गोल गरे।

पिएसजीका प्रशिक्षक लुइस इननरिक्यु दुई टोलीलाई च्याम्पियन्स लिग दिलाउने छैटौँ प्रशिक्षक बनेका छन्। सन् २०१५ मा उनको प्रशिक्षणमा बार्सिलोनाले उपाधि जितेको थियो।

सन् १९९५ मा आयाक्सका प्याट्रिक क्लुभर्ट र सन् २००४ मा एफसी पोर्टोका कार्लोस अल्बर्टोपछि च्याम्पियन्स लिगको फाइनलमा गोल गर्ने डोयु तेस्रो खेलाडी बने। १९ वर्षीय मायुलु पनि च्याम्पियन्स लिगको फाइनलमा गोल गर्ने चौथो खेलाडी बने।

गएराति भएको फाइनलमा इन्टर मिलानमाथि ५-० को शानदार जितसहित पिएसजीले च्याम्पियन्स लिगको उपाधि हात पारेको हो।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ५ : ५४ बजे

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक