पीएसजीले च्याम्पियन्स लिग जितेपछि के भने किलियन एम्बाप्पेले ? « Khabarhub

पीएसजीले च्याम्पियन्स लिग जितेपछि के भने किलियन एम्बाप्पेले ?


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

पेरिस- इटालियन क्लब इन्टर मिलानलाई एक पक्षी ५-० को नतिजामा पराजित गर्दै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ ।

कुनै समय लियोनेल मेस्सी, नेयमार जेआर र किलियन एम्बाप्पेलाई एकसाथ खेलाउने पीएसजीले उनीहरू तीनैजना क्लबबाट बाहिरिएपछि युरोको सबैभन्दा प्रतिष्ठित उपाधि चुमेको हो ।

खासगरी विश्वकप जितिसकेका फ्रान्सेली स्ट्राइकर किलियन एम्बाप्पे यही सिजनमा च्याम्पिन्स लिग जित्ने योजनासहित पीएसजीबाट रियल मड्रिड गएका थिए ।

उनी मड्रिडको पहिलो सिजन उपाधिविहीन हुँदा पीएसजीले कम्युनिटी सिल्डसहित चार उपाधि उचालेको छ । पीएसजीले घरेल लिग वानसहितका उपाधि यही सिजनमा जितिसकेको छ ।

लिग १ च्याम्पियन पीएसजीले इन्टर मिलानलाई ५-० को लज्जास्पद हार चखाउँदै अलियान्ज एरिनामा ऐतिहासिक जीत हासिल गरेको हो । यससँगै पीएसजीले क्लब इतिहासमा पहिलो पटक ट्रेबल (तीनवटा मुख्य उपाधि) पनि चुम्यो ।

पीएसजीलाई उपाधि दिलाउन डेसायर डूएले दुई गोल गरे भने अक्राफ हकिमी, ख्विचा क्वारात्सखेलिया र सेनी मायुलुले पनि म्युनिखमा गोलको खुसी मनाए ।

यस्तोमा एम्बाब्पेले र अर्का स्ट्राइकर नेयमारले पूर्वक्लब पीएसजीको च्याम्पियन्स लिग जितपछि मौनता तोड्दै सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन्।

फाइनलको अन्तिम सिठ्ठी बजेको एक घण्टा नबित्दै, एम्बाप्पे र नेइमारले मौनता चुप्पी तोडे र सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाए।

एम्बाप्पेले इन्स्टाग्राममा लेखे, ‘ठूलो दिन अन्ततः आयो। क्लबको एकतासहितको विजय, बधाई छ पीएसजी।’

नेयमारले केही छोटो शब्द प्रयोग गर्दै भनेका छन्, ‘बधाई पीएसजी, त्यसपछि पाँचवटा तालीको इमोजी राखेर उनले खुसी साटेका छन्।

यी दुवै खेलाडीलाई पेरिसमा एक सुनौलो युग ल्याउने आशामा अनुबन्ध गरिएको थियो, जहाँ उनीहरू लियोनेल मेस्सीसँग पनि खेले ।

तर उनीहरू च्याम्पियन्स लिग जित्न नजिक पुग्दा २०२० को फाइनलमा बायर्न म्युनिखसँग १-० को पीडादायी हार सामना गर्न बाध्य भए । त्यो फाइनल मेस्सी पीएसजी आउनुभन्दा अगाडिको थियो।

नेइमार सन् २०१७ मा बार्सिलोनाबाट विश्व कीर्तिमानी २०० मिलियन युरोमा पीएसजी गएका थिए । उनी सन् २०२३ मा ७५ मिलियन युरोमा साउदी क्लब अल हिलाल गएका थिए।

उनले पीएसजीमा पाँच लिग उपाधि सहित १३ ट्रफी जिते तापनि, बारम्बार चोट र अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा नेइमारले कहिल्यै क्लबलाई च्याम्पियन्स लिग उपाधि दिलाउन सकेनन्।

नेयमार अहिले आफ्नो बाल्यकालको ब्राजिलियन क्लब सान्तोसमा खेलिरहेका छन्, जहाँ उनको सम्झौता जुन महिनामा समाप्त हुँदैछ।

अर्कातर्फ, एम्बाप्पेले अहिले रियल मड्रिडमा पहिलो सिजन व्यक्तिगत रुपमा शानदार खेले। उनी गत गर्मीमा फ्रीमा मड्रिड पुगेका थिए।

यद्यपि रियल मड्रिडको टिमले ठूलो सफलता पाएन । एम्बाप्पे व्यक्तिगत रूपमा उत्कृष्ट देखिए । स्पेनमा खेलेका ५१ खेलमा उनले ४० गोल र ४ असिस्ट गरेका छन्।

एम्बाप्पे पीएसजीका लागि इतिहासमै सबैभन्दा धेरै २५६ गोल गर्ने खेलाडी बनेर क्लब छाडेका थिए । नेयमारले २०२३ मा पीएसजीबाट बिदा लिएर अल हिलाल पुगेका थिए।

यी दुवै खेलाडीलाई पीएसजीका फ्यानहरूले पीएसजीको सुनौलो युगको प्रतीक मान्थे । लियोनेल मेस्सी खेले पनि उनीहरूले पीएसजीमा च्याम्पियन्स लिग जित्न सकेनन्।

पेरिसमा एम्बाप्पे मोनाकोबाट आएका थिए । उनी १६६ मिलियन युरोमा पीएसजी आएका थिए । उनी क्लब इतिहासमै सबैभन्दा धेरै गोल गर्ने खेलाडी बने।

यद्यपि नेमारझैँ एम्बाप्पे पनि पीएसजीलाई च्याम्पियन्स लिग उपाधि दिलाउन नसकेको आरोपबाट मुक्त छैनन् । पीएसजीमा सफल नदेखिए पनि यी दुई खेलाडीले क्लबप्रति माया र सम्मान देखाएका छन् ।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  १२ : ४२ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने