नारायण चौरबाट पक्राउ परे कमल थापा, झुन्ड्याउँदै लग्यो प्रहरीले « Khabarhub

नारायण चौरबाट पक्राउ परे कमल थापा, झुन्ड्याउँदै लग्यो प्रहरीले


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजावादीहरूले जेठ १५ गतेदेखि थालेको आन्दोलन जारी रहँदा आइतबार काठमाडौंको नारायण चौरमा तनाव भएको छ ।

आइतबार तेस्रो दिन राजावादीहरूको संयुक्त आन्दोलन समितिको नेतृत्वमा नारायण चौरबाट जुलुस थालिएको थियो ।

उक्त जुलुस नारायण चौरबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार क्षेत्र घेर्ने योजनासहित अघि बढ्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको छ। हस्तक्षेपका क्रममा प्रहरीले राप्रपा नेपालका अध्यक्ष कमल थापासहितलाई पक्राउ गरेको छ।

थापा पूर्वगृहमन्त्रीसमेत हुन् । आइतबार तेस्रो दिन उनीसहित राजावादीहरूको संयुक्त आन्दोलन समितिको नेतृत्वमा नारायण चौरबाट जुलुस थालिएको थियो।

बालुवाटार क्षेत्र घेर्ने योजनासहित राजावादीहरू अघि बढ्न खोजेपछि उनीहरूलाई नारायण चौरमा तैनाथ प्रहरीले रोकेको थियो ।

नारायण चौरमा प्रहरीसँग राजावादीको केहीबेर धकेलाधकेल पनि चलेको थियो । नारायण चौरको सभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सम्बोधन गर्दै हस्तक्षेप भए प्रतिकारमा उत्रिने चेतावनी दिएका थिए ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ३ : १२ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको