राष्ट्रको समृद्धिलाई केन्द्रमा राखेर काम गर्नुपर्छ : राधिका शाक्य « Khabarhub

राष्ट्रको समृद्धिलाई केन्द्रमा राखेर काम गर्नुपर्छ : राधिका शाक्य


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– प्रथम महिला राधिका शाक्यले देशको समृद्धिलाई केन्द्रमा राखेर समाजका सबै वर्गले काम गर्नुपर्ने विचार व्यक्त गरेकी छन् । 

आज आयोजित एक कार्यक्रममा पुस्तक विमोचन गर्दै उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर हरेक नेपालीले राष्ट्रका खातिर काम गर्नुपर्ने बताइन् ।

देशमा गणतन्त्र स्थापना भएपछि शिक्षा, स्वास्थ्य, कृषि, सडकलगायत क्षेत्रमा स्रोत र साधनले भ्याएसम्म विकास–निर्माणका धेरै काम भएका बताउँदै उनले  राजनीतिक परिवर्तनले निराशा बढायो भन्नेहरूलाई इमानदार भएर समीक्षा गर्न आग्रह गरिन् । 

‘देशमा केही भएन भन्नेहरूले एक पटक देश घुम्नुस्, हेर्नुस्, बुझ्नुस्, सरकार र विभिन्न निकायबाट प्रकाशित विकासका पुस्तकहरू अध्ययन गर्नुस्, प्रजातन्त्र स्थापनापछि देशका कति परिवर्तन भएका छन्, केही भएन भन्ने भाष्य गलत हो ।’ उनले भनिन् । 

केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध राजसंस्था पक्षधर समूहका केही व्यक्तिले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले शरीरमा एक थोपा रगत भएसम्म देशका लागि लडिरहने प्रतिबद्धता व्यक्त गरिन् । देशको समृद्धि नै प्रधानमन्त्रीको एक मात्र लक्ष्य र उद्देश्य भएको उनको कथन थियो । उनले भनिन्, ‘बालुवाटार घेर्छु भन्नेहरूलाई जनताले चिनेका छन् ।’
 
समृद्ध मध्यपुर समाजले प्रकाशन गरेको ‘जेसुम यात्रा’ कविता सङ्ग्रह प्रथम महिला शाक्य, मध्यपुरथिमि नगरपालिकाका पूर्वप्रमुख मदनसुन्दर श्रेष्ठ, जेसुमकी संस्थापक संयोजक एवं बूढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाले संयुक्त रूपमा विमोचन गरेकी हुन् । 

विमोचित पुस्तकमा प्रकाशित प्रधानमन्त्री  ओलीका साथै विभिन्न स्रष्टाका रचना वाचन गरिएका थिए । पुस्तकमा जेसुमकी संयोजक अनिता लामा, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, साहित्यकार स्नेह साय्मी, फूलमान वल, लक्ष्मी माली, शशि लुमुम्बू, अनन्त वाग्ले, घनश्याम खतिवडाका कविता समावेश छन् । उनीहरूले आफ्ना सृजना सोही कार्यक्रममा वाचन गरेका थिए ।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ३ : ४० बजे

मुस्ताङका होटल र पसलमा अनुगमन

मुस्ताङ– जिल्ला सदरमुकाम जोमसोमका होटल तथा पसलमा छड्के बजार अनुगमन

रास्वपा महाधिवेशन : बालेनले भूपदेवलाई दिएका छन् नेता व्यवस्थापनको जिम्मेवारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन असार ७ गतेबाट चितवनमा

ओलीलाई गृहप्रदेशकै नेताहरूको सन्देश : पार्टी पुनर्गठन गरौँ, तपाईं नेतृत्वबाट बिदा हुनुस्

काठमाडौं– नेकपा एमालेले फागुन २१ गतेको निर्वाचनको लज्जास्पद हारबारे सुझाव

मलेसियाको आन्तरिक पर्यटन ११ प्रतिशतले बढ्यो

एजेन्सी– मलेसियामा सन् २०२५ मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव