चीनप्रतिको विश्वास र विश्वसनीयता गुम्दै : फिलिपिनी रक्षामन्त्री « Khabarhub

चीनप्रतिको विश्वास र विश्वसनीयता गुम्दै : फिलिपिनी रक्षामन्त्री


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिलिपिन्सका रक्षामन्त्रीले चीनप्रतिको विश्वास र विश्वसनीयता गुम्दै गएको बताएका छन् । सिङ्गापुमा आयोजना भइरहेको शाङ्ग्री–ला संवादका क्रममा फिलिपिनी रक्षामन्त्री गिल्बर्टो टेयोडोरोले यस्तो बताएका हुन् ।

उनले बढ्दो चिनियाँ सैन्य शक्तिको प्रभाव निर्विवाद रहेको समेत बताए ।

‘चिनियाँ गतिविधि अझ विस्तारवादी र आक्रामक हुँदै गएको छ । उनीहरुको शक्ति प्रदर्शनले तीव्रता पाइरहेको छ, र, हामीलाई पश्चिमी फिलिपिनी सागरमा उनीहरुको गतिविधिको बानी परिसकेको छ तर उनीहरुले आफ्नो क्षेत्र विस्तार गरेका छन् ।’ उनलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । दक्षिण चीन सागरलाई फिलिपिन्समा पश्चिम फिलिपिनी सागर बन्ने गरिन्छ ।

उनले जे जस्तो भएपनि अमेरिका र फिलिपिन्सले शान्तिपूर्ण रुपमा चिनियाँ गतिविधि रोक्ने प्रयास गरिरहेको बताए । फिलिपिन्स र अमेरिकाबीच लामो समयदेखि रक्षा सन्धि कायम छ ।

फिलिपिन्स र चीनबीच दक्षिण चीन सागरको सार्वभौमिकतालाई लिएर विवाद रहँदै आएको छ । फिलिपिन्सले दक्षिण चीन सागरमा चिनियाँ गतिविधिको विरोध गर्दै आएको छ ।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ४ : १० बजे

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङबीच

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य