चीनप्रतिको विश्वास र विश्वसनीयता गुम्दै : फिलिपिनी रक्षामन्त्री « Khabarhub

चीनप्रतिको विश्वास र विश्वसनीयता गुम्दै : फिलिपिनी रक्षामन्त्री


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिलिपिन्सका रक्षामन्त्रीले चीनप्रतिको विश्वास र विश्वसनीयता गुम्दै गएको बताएका छन् । सिङ्गापुमा आयोजना भइरहेको शाङ्ग्री–ला संवादका क्रममा फिलिपिनी रक्षामन्त्री गिल्बर्टो टेयोडोरोले यस्तो बताएका हुन् ।

उनले बढ्दो चिनियाँ सैन्य शक्तिको प्रभाव निर्विवाद रहेको समेत बताए ।

‘चिनियाँ गतिविधि अझ विस्तारवादी र आक्रामक हुँदै गएको छ । उनीहरुको शक्ति प्रदर्शनले तीव्रता पाइरहेको छ, र, हामीलाई पश्चिमी फिलिपिनी सागरमा उनीहरुको गतिविधिको बानी परिसकेको छ तर उनीहरुले आफ्नो क्षेत्र विस्तार गरेका छन् ।’ उनलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । दक्षिण चीन सागरलाई फिलिपिन्समा पश्चिम फिलिपिनी सागर बन्ने गरिन्छ ।

उनले जे जस्तो भएपनि अमेरिका र फिलिपिन्सले शान्तिपूर्ण रुपमा चिनियाँ गतिविधि रोक्ने प्रयास गरिरहेको बताए । फिलिपिन्स र अमेरिकाबीच लामो समयदेखि रक्षा सन्धि कायम छ ।

फिलिपिन्स र चीनबीच दक्षिण चीन सागरको सार्वभौमिकतालाई लिएर विवाद रहँदै आएको छ । फिलिपिन्सले दक्षिण चीन सागरमा चिनियाँ गतिविधिको विरोध गर्दै आएको छ ।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ४ : १० बजे

जेनजी आन्दोलनमा घाइते पत्रकार सम्मानित

काठमाडौं – सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारहरूलाई नगदसहित

मधेस प्रदेशका ७२ जना कर्मचारी कारबाहीमा

जनकपुरधाम – मधेस प्रदेश सरकारअन्तर्गत धनुषा जिल्लामा रहेका कार्यालयको छड्के

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल

ललितपुर – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।