मुग्लिन नजिक टिपर दुर्घटना, घाइते चालकको उद्धार   | Khabarhub Khabarhub

मुग्लिन नजिक टिपर दुर्घटना, घाइते चालकको उद्धार  


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भरतपुर महानगरपालिका-२९ गाइघाटस्थित मुग्लिन नारायणगढ सडक खण्डमा टिपर दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् ।

आइतबार नारायणगढबाट मुग्लिन तर्फ जाँदै गरेको बा.प्र. ०३-००१ क ०२१५ नम्बरको टिपर गति अनियन्त्रित भई बाटोको साइडमा पल्टिदा  टिपरमै च्यापिएका चालकको सशस्त्र प्रहरी बलले उद्धार गरेको हो । 

डिएसपी शैलेन्द्र थापाका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं.१७ गण हेक्वा चितवनबाट  सुरक्षाकर्मी घटनास्थल पुगी च्यापिएर गम्भीर घाइते भएका चालकको उद्धार गरेको हो । नाम वतन नखुलेका चालकलाई उपचारको लागि भरतपुर तर्फ पठाइएको छ । 
 

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ५ : ३० बजे

दुई मन्त्रीद्वारा खानेपानी अभाव भएका क्षेत्रको अनुगमन

पर्सा – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया र

बैतडीका अट्तीस खानेपानीका मुहानमा ‘कोलिफर्म’

बैतडी – बैतडीमा ३८ खानेपानीका मुहानमा ‘कोलिफर्म’ भेटिएको छ ।

छाउगोठ भत्काउने विशेष अभियान सञ्चालन गर्न प्रशासनको अनुरोध

कञ्चनपुर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाका नौवटै पालिकालाई छाउगोठ

राजर्षि जनक विश्वविद्यालयको सिनेट : ३७ करोड ९३ लाख बजेट स्वीकृत

काठमाडौं – राजर्षि जनक विश्वविद्यालयको आगामी आर्थिक वर्षका लागि रु

कोशी प्रदेशका सबै जिल्ला पूर्णखोप सुनिश्चिता घोषणा

मोरङ – कोशी प्रदेशका १४ वटै जिल्लाले पूर्णखोप सुनिश्चिता दिगोपना