गृह मन्त्रालयले गर्‍यो सिडिओसहित गृहका ६ सहसचिवको सरुवा « Khabarhub

गृह मन्त्रालयले गर्‍यो सिडिओसहित गृहका ६ सहसचिवको सरुवा

कास्कीका पाण्डे मन्त्रालयमा, बर्दियाबाट आइन् रुद्रादेवी शर्मा


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

पोखरा–  गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सिडिओ) तहमा फेरबदल गर्दै कास्की, बर्दिया, धनुषा र पाँचथर जिल्लामा नयाँ जिम्मेवारी तोकेको छ । 

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको मन्त्रालयमा सरुवा भएसँगै उनको स्थानमा बर्दियाकी सिडिओ रुद्रादेवी शर्मालाई खटाइएको हो । पाण्डे पोहोर जेठ २१ गते कास्कीमा हाजिर भएका थिए । 

बर्दियामा कार्यरत रहेकी शर्मा अब कास्कीको प्रशासनिक नेतृत्व सम्हाल्नेछिन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई कास्कीमा ल्याउने तयारी थियो । यसका लागि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समेत लबिङ गरेका थिए । 

तर उनी अख्तियारको छानबिनको घेरामा परेपछि रुद्रा शर्मा आउने भएकी हुन् । उनीले बर्दियाबाहेक रामेछाप र गुल्मीमा समेत प्रजिअ भएर जिल्ला हाँकिसकेकी छन् । शाखा अधिकृतबाट सेवा प्रवेश गरेकी उनले उपसचिव र सहसचिवमा खुलाबाटै नाम निकालेकी हुन् । 

शर्मा कास्की सरुवा हुने चर्चा केही महिनाअघि देखिनै मन्त्रालय भित्र चलिरहेको थियो । कास्कीका सिडिओ पाण्डेलाई मन्त्रालयमा फिर्ता बोलाइएपछि कास्कीको जिम्मेवारी शर्मा सम्हाल्ने निश्चित भएको हो ।

शर्माको स्थानमा मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिव सुरेन्द्र पौडेललाई बर्दियाको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।

यसै क्रममा धनुषाका सिडिओ रामुराज कडरियालाई पनि मन्त्रालय तानिएको छ भने केही समययता मन्त्रालयमै जिम्मेवारीविहीन अवस्थामा रहेका शंकरहरि आचार्यलाई धनुषाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

पाँचथरमा रिक्त रहेको सिडिओको पदमा अरुण पोखरेललाई पठाइएको छ । पोखरेल यसअघि नवलपरासी (पूर्व) का प्रमुख जिल्ला अधिकारी थिए । पाँचथरका सिडिओ विष्णुप्रसाद कोइराला अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा भएपछि उक्त पद खाली रहेको थियो ।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ६ : २९ बजे

चैतेधानखेती प्रवर्द्धनार्थ किसानलाई अनुदान

तनहुँ– कृषि विकास कार्यालयले चैतेधान उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत किसानलाई ८५

विश्वकप लिग-२ : कीर्तिपुरमा नेपाल र यूएई भिड्दै

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबार नेपाल र यूएई

शुक्रबार सबै सरकारी अस्पतालमा ओपिडी सेवा सञ्चालन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देशभरका सबै सरकारी अस्पतालमा

टोखाका सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’

काठमाडौं– टोखा नगरपालिकाले सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’ सञ्चालन

देशका अधिकांश भागमा वर्षाको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग नजिक