आलमलाई भएको ‘एक्युट स्केमिक स्ट्रोक’ के हो ? के कारणले यस्तो हुन्छ ? | Khabarhub Khabarhub

आलमलाई भएको ‘एक्युट स्केमिक स्ट्रोक’ के हो ? के कारणले यस्तो हुन्छ ?


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मस्तिष्कघात (ब्रेन स्टोक) भएपछि अस्पताल भर्ना भएका पूर्वमन्त्री मोहम्मद आफताब आलमको स्वास्थ्यमा सुधार आएएको छ । शुक्रबार गम्भीर बिरामी परेका उनलाई उपचारपछि आईसीयूबाट निकालेर क्याबिनमा राखिएको छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसार उनको स्वास्थ्यमा सुधार आएपछि शनिबार मात्रै क्याबिनमा सिफ्ट गरिएको हो ।

रौतहटमा भएको बम विष्फोटको कसुरमा जिल्ला आदलतले जन्मकैदको फैसला गरिएका उनलाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले सफाइ दिएपछि गत बुधबार ललितपुरस्थित नख्खु कारागारबाट रिहा गरिएको थियो ।

त्यसको दुई दिनपछि शुक्रबार बिहान एक्कासि स्वास्थ्यमा समस्या आएपछि अन्नपूर्ण न्युरो अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो । अस्पताल ल्याउँदा शरीरको बायाँ भाग नचल्ने, बोली लर्बरिने, मुखको भागमा पनि पक्षघातजस्तै अवस्था देखिएको उपचारमा संलग्न चिकित्सकले बताए ।

ती चिकत्सकका अनुसार आलमलाई ब्रेन स्ट्रोक भएको हो, जसलाई (एक्युट स्केमिक स्ट्रोक) भनिन्छ । त्यसमा पनि रगत सञ्चालन हुने नसामा रगत जमेर यस्तो भएको हो । जसले शरीरको देब्रे पाटोमा असर गरेको देखियो। आलमको दाहिनेतर्फको शरीरसमेत कमजोर थियो भने मुखको भागमा पनि पक्षघात भएको अवस्थाको जस्तै भेटिएएको थियो ।

उनको बोली पनि प्रष्ट नआएर लर्बरिएको थियो । तर, कतिपय मिडियामा आएजस्तो रौतहट बमकाण्ड आफूले गराएको भन्दै बर्बराएको भन्ने समाचारको भने न्यूरो अस्पतालका एक चिकित्सकले खण्डन गरे । आलमको उपचारमा जुटेका ती चिकित्सकका अनुसार अहिले उनको बोलीमा सुधार आएको छ भने अस्पताल ल्याउँदाको जस्तो कमजोर अवस्था छैन ।

उनलाई योसँगै सुगर र किड्नीमा उच्च प्रोटिनको समस्या छ । दुवै समस्याहरू यथावत रहेको ती चिकित्सकले जानकारी दिए ।

आलमलाई के कारणले भएको हो स्ट्रोक ?

चिकित्सकका अनुसार स्ट्रोक हुने विभिन्न कारण हुन्छन् । आलममा त अझ धेरै समस्याहरू पहिलेदेखि नै थिए । सुगर र हाइपर टेन्सनको औषधि उनले पहिलेदेखि नै सेवन गर्दै आएका थिए ।

चिकित्सकका अनुसार कसैलाई धेरै तनावका कारणले यस्तो समस्या हुन्छ । विभिन्न तनावबाट पनि गुज्रिरहेकाले यस्तै कारण आलामलाई स्ट्रोक भएको हुनसक्ने चिकित्सकको भनाइ छ ।

‘हामीले जानकारी पाएअनुसार जेलबाट छुट्नेबित्तिकै उहाँलाई गाह्रो भएको थियो । यसमा खानपान, जस्तै अल्कोहल पिउने र वातावरणले पनि प्रभाव त गर्छ नै, तर त्यही कारणले भएको हो भन्न सकिँदैन’, उनले भने ।

उनी सुगर हाइपरटेन्सन जस्ता समस्याबाट लामो समयदेखि पीडित छन्, त्यसैलाई मुख्य कारण मानिएको उनले जानकारी दिए ।

यसअघिको स्वास्थ्य इतिहास हेर्दा ८–९ वर्षअगाडि पनि उनलाई हेमोरेजिक स्ट्रोक भएको देखिएको छ । ‘तर, अहिलेको जस्तो कमजोरी नभएको आफन्तले बताएका छन्’, उनले भने ।

के हो ब्रेन स्ट्रोक र ब्रेन हेमोरेजिक स्ट्रोक ?

ब्रेन स्ट्रोक दुई प्रकारका हुन्छन्, एउटा ब्रेन हेमोरेजिक स्ट्रोक, जसमा रगतको नली फुटेर रगत जम्ने समस्या हुन्छ । अर्को चाहिँ रगत सञ्चालन गर्ने नलीमा रगत जमेर हुने स्ट्रोक हुन्छ ।

‘रगत जम्दा त्यसनजिकका भागहरूबाट रक्तप्रवाह गर्ने एरियाबाट ब्रेनमा रगत सञ्चालन हुँदैन । त्यसरी हुने स्ट्रोक ब्रेन स्ट्रोक भयो’, ती चिकित्सकले भने ।

‘रगत जमेको नसा फुटेर हुने स्ट्रोक हेमोरेजिक स्ट्रोक हो । आलमको केसमा भने रगत जमेर भएको स्ट्रोक हो, आलमको रक्तनली फुटिसकेको थिएन । रक्त नली फुटेर रगत एकदमै धेरै भएमा एकापट्टिको भागले अर्को भागलाई थिच्दै जाँदा प्रेसर बढ्दै गयो भने त्यस्तो केशमा अप्रेशन चाहिने हुन्छ’, उनले भने ।

ब्रेन स्ट्रोक दोहोरिने सम्भवना हुन्छ ?

आलमकै केसमा पनि ८–९ वर्षअगाडि स्ट्रोक भएको थियो, अहिले फेरि दोहोरियो । त्यसैले जोखिममा रहेका व्यक्तिहरूले एकदमै ख्याल गर्नुपर्ने चिकित्सकहरू बताउँछन् ।

जस्तै, उच्च रक्तचाप भएमा नियन्त्रणमा राख्ने, सुगरको औषधि खाइरहेका बिरामीले नियमित लिइरहनुपर्छ । त्यस्तै, तनावका कारणले पनि स्ट्रोक हुने भएकाले यी कुरालाई व्यवस्थापन गर्नुपर्ने उनको सुझाव छ ।

स्ट्रोकको उपचार खर्चिलो कत्तिको हुन्छ ?

बिरामीमा स्ट्रोकको लक्षण देखिएको ३ देखि ४ घण्टाभित्र अस्पताल लान सकिए सुईमार्फत औषधि दिइन्छ । ‘हामीकहाँ उपलब्ध औषधि भनेको एल्ट्राबेज हो । यसलाई टिस्यु प्लाज्मिनोजेल एक्टिभेटर पनि भन्ने गरिन्छ’, आलमको उपचार गरेका ती चिकित्सकले भने ।

यसले ब्रेनमा रगत प्रवाह गर्ने भागलाई सुचारू गर्न मद्दत गर्ने उनले बताए । यद्यपि एकपटक मरिसकेको भागलाई फेरि बचाउन भने नसकिने उनले बताए । तर, त्यसका वरिपरीका भागलाई मात्रै बचाउन सकिए पनि धेरै सहयोग पुग्ने ती चिकित्सकले बताए ।

आलमलाई पनि त्यही औषधि दिइएको थियो । सोहीअनुसार परिणाम पनि राम्रै आएको उनले बताएका छन् ।

यो औषधि तुलनात्मक रुपमा महंगो भएकाले कति बिरामीले प्रयोग नै गर्न नसक्ने अवस्था पनि हुन्छ । सोही कारण सरकारले यो निःशुल्क दिने गरेको छ ।

स्टोककै कारण मृत्यु हुने सम्भावना कति ?

रगतका साना–साना नसाहरूमा हुने स्ट्रोकका कारण मृत्यु हुनसक्ने सम्भावना एकदमै न्यून हुन्छ ।

तर, त्यसकै कराणले ठूलो नसामा असर परे जोखिम उचुच हुन्छ । ‘हाम्रो ब्रेनमा रगत प्रवाह गर्ने धेरै नसा हुन्छन् । त्यसमा पनि मुख्य र सहायक नसा छुट्टाछुट्टै हुन्छन् । यदि मुख्य नसामै असर भयो भने मृत्यु हुनसक्ने सम्भावना एकदमै धेरै हुन्छ’, उनले भने ।

त्योभन्दा पनि बिरामी भइसकेपछि हुने जोखिम जस्तै इन्फेक्सन हुनसक्ने सम्भावना धेरै हुन्छ । जसले छातीमा इन्फेक्सन हुने, एन्जिफिडिङ गराउँदा सर्केर हुने जस्ता कारणले पनि मृत्युको सम्भावना धेरै हुने उनले जानकारी दिए ।

त्यस्तै, ब्रेन हेमोरेजिक स्ट्रोक जस्तै एक्कासि प्रेसर बढेर रगतको नसा फुटे मृत्यु हुने सम्भावना धेरै हुन्छ । तर समयमै अस्पताल ल्याउन सके तुरुन्तै शल्यक्रिया गरेर बिरामीलाई बचाउन सकिने उनले जानकारी दिए।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ८ : २२ बजे

आजका समाचार : सक्रिय राजनीतिमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओली स्पेनतिर र ट्रम्पलाई अमेरिकी सर्वोच्चको साथ

यस्तो छ सक्रिय राजनीतिमा फर्कने विद्यादेवी भण्डारीको घोषणा पूर्वराष्ट्रपति विद्यादेवी

पूर्वाधार विकास कार्यालयका ९६ प्रतिशत योजना सम्पन्न

दोलखा– चालु आर्थिक वर्ष सकिन लाग्दा पूर्वाधार विकास कार्यालय दोलखा

प्रतिनिधि सभाबाट नागरिकता विधेयक पारित

काठमाडौँ – आज बसेको प्रतिनिधिसभा बैठकबाट नेपाल नागरिकता (दोस्रो संशोधन)

प्रधानमन्त्री ओली स्पेन प्रस्थान

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली स्पेन प्रस्थान गरेका छन्

भक्तपुरका जुजु धौ व्यवसायीलाई भ्याइनभ्याइ (तस्बिरहरू) 

भक्तपुर– आइतबार (भोलि) मनाइने धान दिवस र दही चिउरा खाने