आज २०८२ साल असार १७ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८२ साल असार १७ गते मंगलबारको राशिफल


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असार १७ गते मंगलबार। असार शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ जुलाई १ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। आम्दानी बढ्ने छ। व्यापारमा लगानी गर्नु उचित हुन्छ। राज्यका तर्फबाट सेवाको अवसर मिल्ने छ। परिवारमा रमाइलो घुमघामको तय हुनेछ।

वृष : दिन राम्रो छ। बोलीका प्रभावले काम बन्ने छ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा भने थप मिहिनेत गर्नुपर्ने देखिन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

मिथुन : दिन राम्रो छ। सहकार्य गरेर व्यापारमा लगानी गर्नु उचित हुन्छ। धार्मिक व्यक्तिसँगको भेटले काम बन्ने योग छ। प्रेम सम्बन्धमा खटपटी बढ्ने भएकाले कम बोल्नु उचित हुन्छ।

कर्कट : धनलक्ष्मी योग परेकाले सम्पत्तिको सदुपयोग गर्नु उचित हुन्छ। साथीभाइसँग जुवा र तासमा रमाउनु घातक हुनेछ। परिवारसँग व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ। उत्तरको यात्रा नगर्नु राम्रो हुन्छ।

सिंह : दिन राम्रो छ। बोलीको प्रभावले राम्रो काम बन्ने छ। परिवारमा गोपनीयता भंग नगर्नु उचित हुन्छ। राज्यका तर्फबाट भय र त्रासको जोखिम छ। प्रेम सम्बन्ध भने सुमधुर बन्ने छ।

कन्या : अनावश्यक यात्रामा खर्च हुनेछ। सञ्चित धन खर्च हुँदा मनमा खटपटी बढ्ने छ। विपक्षी साथीले प्रशंसा गर्नेछन्। स्वास्थ्यले साथ दिने छ। प्रेम सम्बन्ध भने सुमधुर बन्ने छ।

तुला : दिन राम्रो छ। कलाको क्षेत्रमा तपाईंको श्रमको मूल्य प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा थप मिहिनेत आवश्यक देखिन्छ। परिवारको साथमा रमाइलो घुमघामको यात्रा तय हुनेछ।

वृश्चिक : दिन राम्रो छ। श्रमको उचित मूल्य प्राप्त हुनेछ। रोगलाई सानो भनेर वेवास्था गर्दा घाटा हुनेछ। काम गर्दा अग्रजको सल्लाह लिएर गर्नु राम्रो हुन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ।

धनु : दिन राम्रो छ। शिक्षामा प्रगति हुनेछ। लगानी गरेको भए नाफा आर्जन हुनेछ। स्वास्थ्यमा सुधार हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ। परिवारभित्रबाट धोका हुने भएकाले सचेत बन्नु उचित हुन्छ।

मकर : दिन सामान्य छ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुन्छ। सञ्चित धन खर्च हुँदा मन उदास हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ।

कुम्भ : दिन राम्रो छ। शुभग्रहको बहुमत भएकाले यात्रा सहज बन्ने छ। स्वास्थ्यमा समस्या हुँदा मन उदास हुनेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। शिवको भजन सुनेर मात्र कामको सुरुवात गर्नु राम्रो हुन्छ।

मीन : दिन सामान्य छ। मध्य साढेसातीका कारण स्वास्थ्यमा समस्या हुनेछ। खानपानमा विशेष ख्याल गर्नुपर्ने देखिन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा काम बन्नेछ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ५ : ०१ बजे

जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो

टोकियो- जापानमा अगस्ट महिनाको बेरोजगारी दर बढेर २.५ प्रतिशत पुगेको

सुशासनका सवालमा सरकार असफल देखियो : खुस्बु ओली

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले सुशासनका सवालमा

सभामुखले भने- आईपीयू बैठकमा बाढीपहिरो र जलवायु असरबारे आवाज उठाउँछु

काठमाडौं– सभामुख डोल प्रसाद अर्यालले अन्तर–संसदीय संघ(आइपीयु)को बैठकमार्फत जलवायु परिवर्तनले

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग