बाँकेमा बाढीबाट बस्ती जोगाउन अस्थायी तटबन्ध « Khabarhub

बाँकेमा बाढीबाट बस्ती जोगाउन अस्थायी तटबन्ध


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– राप्ती नदीको बाढीबाट बस्ती जोगाउन आसपासका क्षेत्रमा अस्थायी तटबन्धको काम सुरुआत गरिएको छ । राप्ती नदीमा आउने बाढीका कारण जोखिममा रहेका राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका जोखिममा रहेका दुई दर्जन बढी गाउँलाई बाढीबाट बचाउने जनाउँदै जनताको तटबन्ध कार्यक्रम लमही दाङमार्फत तटबन्ध निर्माणको काम अघि बढाइएको हो । नदी तटीय क्षेत्रमा बर्सेनि डुबानको समस्या हुँदै आएको छ ।

वर्षायाम सुरु भएसँगै राप्ती नदीले निम्त्याउने डुबान, कटान र सम्भावित जोखिम हुने स्थानको पहिचान गर्दै गत एक सातादेखि जनताको तटबन्ध कार्यक्रम आयोजना प्रमुख डा नारायण सुवेदीसहित प्राविधिक टोलीले निर्माणस्थलमा पुगेर नदीको बाढी गाउँ पस्न नदिन तत्कालका लागि बेम्बो पाइलिङ प्रविधिबाट अस्थायी आपत्कालीन तटबन्ध बनाउने कार्य गरिरहेको छ ।

राप्ती नदी क्षेत्रमा प्रायः डुबान र कटानको समस्या तीव्र रुपले हुने हुँदा नदी तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयवासी बाढी र नदी कटानको पीडाले रातभर सुत्न नसक्ने अवस्थामा रहेकाले तत्कालका लागि बस्ती र जनधन जोगाउन अस्थायी रूपले नदीको चार मिटर गहिराइबाट तटबन्ध बन्ने कार्य जनताको तटबन्ध कार्यक्रमले  गरिरहेको डा सुवेदीले जानकारी दिए । 

जिल्लाका तीन स्थानीय तहअन्तर्गत राप्तीसोनारी गाउँपालिकाको वडा नं ६ स्थित ढलैया, वडा नं ७ को पिप्रहवा, खल्ला झगडिया, देवपुरवा, राप्ती नदीपूर्वको नरैनापुर गाउँपालिकाको वडा नं ६ स्थित सोनवर्षा, गङ्गापुर (कुदरबेटवा), भोजभगवानपुर तथा डुडुवा गाउँपालिकाको पूर्वी भेगमा बाढीको जोखिम न्यूनीकरणका लागि आपत्कालीन तटबन्धको काम सुरु गरिएको उनले उल्लेख गरे ।  

पक्की तटबन्ध निर्माणका लागि गत जेठमा मात्र बोलपत्र आह्वान हुँदा बजेट र ढुङ्गाको अभावका साथै वर्षा सुरु भइसकेका कारण हाललाई अस्थायी तटबन्ध निर्माणकार्य सुरु गरिएको सुवेदीको भनाइ छ । 

राप्ती नदी कटानबाट त्यस क्षेत्रका करिब ३० हजार जनता बाढीको उच्च जोखिममा रहँदा दाङस्थित जनताको तटबन्ध कार्यक्रमले हाललाई अस्थायी रुपको आपत्कालीन तटबन्ध निर्माण गरेपछि जोखिम कम हुने नेपाली कांग्रेस क्षेत्रीय सभापति पोषण केसीले बताए ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  १२ : ०९ बजे

यस्तो अवस्थामा छ जनकपुर चुरोट कारखाना (तस्बिरहरू) 

 जनकपुरधाम– लामो समयदेखि बन्द अवस्थामा रहेको जनकपुर चुरोट कारखाना पुनः

कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो

बोगोटा– दक्षिण अमेरिकाका दुई छिमेकी मुलुक कोलम्बिया र इक्वेडरबीच जारी

अस्पताल सेवा सुधार कार्यविधि जारी

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’

‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा

काठमाडौं– काठमाडौंमा ‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

इस्टरको अवसरमा रुस–युक्रेनबीच अस्थायी युद्धविराम सुरु

एजेन्सी– चार वर्षदेखि जारी भीषण द्वन्द्वका बीच अर्थोडक्स इस्टरको अवसर