मुस्ताङमा अठार करोडको लागतमा तटबन्ध निर्माण | Khabarhub Khabarhub

मुस्ताङमा अठार करोडको लागतमा तटबन्ध निर्माण


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– कालीगण्डकी नदी सतहको उकासले हिमाली जिल्ला मुस्ताङको एक दर्जन तटीय बस्ती उच्च जोखिममा परेको छ । कालीगण्डकी नदीको तटीय क्षेत्रमा ढुङ्गा, गिट्टी, बालुवा र गेग्र्यानले बर्सेनि नदी उकास वृद्धि हुँदै जाँदा यहाँका तीन पालिकाका अधिकांश तटीय बस्तीले वर्षौंवर्षदेखि विपद् जोखिमको सामना गर्दै आइरहेका छन् ।

मुस्ताङस्थित कालीगण्डकी नदी क्षेत्रको तटीय बस्ती तथा खेतीयोग्य जग्गा सरक्षणका लागि सङ्घीय सरकारको विशेष अनुदानबाट बहुवर्षीय बृहत् कालीगण्डकी नदी नियन्त्रण योजना हालै सम्पन्न भएको छ । यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङदेखि घरपझोङ हुँदै थासाङ गाउँपालिका–३ लेते धम्पुसम्मको करिब ६५ किलोमिटर दूरीमा एक दर्जन तटीय बस्ती जोगाउन कालीगण्डकी बृहत् तटबन्ध निर्माण गरिएको हो ।
 
सङ्घीय योजनाअन्तर्गत खानेपानी, जलस्रोत तथा सिँचाइ सबडिभिजन कार्यालय मुस्ताङले कार्यान्वयन गर्ने गरी यहाँको एक दर्जन बढी तटीय बस्ती जोगाउन तीन हजार ४१० मिटर लामो विभिन्न प्रकृतिको तटबन्ध निर्माण गरिएको हो । 

यसका लागि मुस्ताङको वारागुङ—३ छुसाङदेखि घरपझोङ—३ स्याङसम्मको प्याकेज एक र मुस्ताङको घरपझोङ–२ मार्फादेखि थासाङ–३ लेते धम्पुसम्मको प्याकेज दुईको एउटै निर्माण कम्पनीले तटबन्ध निर्माणसम्पन्न गरेको खानेपानी, जलस्रोत तथा सिँचाइ सबडिभिजन कार्यालयका प्रमुख  सञ्जय कोइरालाले जानकारी दिए ।

कालीगण्डकी बस्ती संरक्षणका लागि कालीगण्डकी नदी नियन्त्रण योजनाको सम्झौताअनुसार ग्याबिन, आरसिसी, प्लम्प कङ्क्रिट र ठूल्ठूला ढुङ्गा बिच्छ्याएर बिग बोल्डिङ स्टेकिङ तटबन्ध निर्माण गरिएको कार्यालय प्रमुख कोइरालाले उल्लेख गरे । यहाँस्थित कालीगण्डकी तटीय बस्ती संरक्षणका लागि पहिलो र दोस्रो प्याकेज गरी दुवैको अमित बिल्डर्सले ठेक्का पाएको थियो । 

प्याकेज एकअन्तर्गत मुस्ताङको छुसाङदेखि घरपझोङ–३ स्याङसम्मको दूरीमा तटबन्ध निर्माण गर्न रु नौ करोड १२ लाख लागतमा विसं २०८१ असार ३ मा अमित बिल्डर्सले ठेक्का सम्झौता गरेको थियो । यहाँ शत्प्रतिशत भौतिक प्रगति भएको छ भने वित्तीय प्रगति ९८ दशमलव ७९ प्रतिशत रहेको कार्यालय प्रमुख कोइरालाले जानकारी दिए  ।
 
कालीगण्डकी तटीय बस्ती संरक्षणका लागि प्याकेज एकअन्तर्गत वारागुङ मुक्तिक्षेत्रको छुसाङमा २३१ मिटर, तिरीमा ५२२ मिटर, एक्लेभट्टीमा २६५ मिटर, पान्डा खोलामा ६० मिटर र घरपझोङ–३ स्याङको कालीगण्डकी तटमा ५४९ मिटर गरी एक हजार ६२७ मिटर लामो तटबन्ध निर्माणसम्पन्न भएको कार्यालय प्रमुख कोइरालाले बताए ।
 
यसैगरी, सङ्घीय योजनाअन्तर्गत खानेपानी, जलस्रोत तथा सिँचाइ सबडिभिजन कार्यालयले प्याकेज दुईको बृहत् तटबन्ध निर्माणसम्पन्न भइसकेको जनाएको छ ।

प्याकेज दुईका लागि अमित बिल्डर्स निर्माण कम्पनीले नौ करोड २६ लाख लागतमा तटबन्धको ठेक्का सम्झौता गरेको थियो । प्याकेज दुईमा घरपझोङ–२ मार्फादेखि थासाङ–३ धम्पुसम्मको दूरीमा शत्प्रतिशत भौतिक ९५ दशमलव ९५ प्रतिशत वित्तीय प्रगति भएको प्रमुख कोइरालाको भनाइ छ ।
 
यहाँस्थित प्याकेज दुई तटबन्ध निर्माण योजनाअन्तर्गत मार्फामा  १११ मिटर, टुकुचेमा ७१७ मिटर, खन्तीमा ९०९ मिटर, सौरुमा ६० मिटर, सिर्खुममा २४६ मिटर, कोखेठाँटीमा २४४ मिटर, छाक्ताङमा १७१ मिटर र थासाङको धम्पुमा ४२ मिटर गरी कुल एक हजार ७८३ मिटर लामो तटबन्ध निर्माणसम्पन्न भएको कार्यालय प्रमुख कोइरालाले बताए ।
 
कालीगण्डकी नदी नियन्त्रण योजनाअन्तर्गत सदरमुकाम जोमसोममा अन्य सरकारी निकायले तटबन्ध निर्माण गरिसकेकाले यस कार्यालयबाट तटबन्ध निर्माण योजनामा समावेश नभएको कार्यालय प्रमुख कोइरालाले स्पष्ट पारे ।

जोमसोममा राष्ट्रिय योजना आयोगको बजेटबाट घरपझोङ गाउँपालिकाले कार्यान्वयन गर्नेगरी यसअघि नै तटबन्ध निर्माण गरिसकेको छ । 

यसैगरी, सङ्घीय सरकारको सिँचाइ विभाग नदी नियन्त्रण महाशाखाअन्तर्गत जोमसोम बजार संरक्षणका लागि नदी नियन्त्रण तटबन्ध निर्माण अन्तिम चरणमा पुगेको छ । 

यस्तै, जोमसोम विमानस्थल संरक्षणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले कालीगण्डकी नदीमा विमानस्थल संरक्षणका लागि आवश्यक आरसिसी तटबन्ध निर्माण गरिसकेको छ । रासस

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  १२ : २० बजे

सुप्रिया र मायाले जिते ‘मिस एण्ड मिसेस गुरुङ’को उपाधि

काठमाडौं – ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को उपाधि सुप्रिया गुरुङ

धुलिखेल–सूर्यविनायक सडकमा रोकिएको विस्तार कार्य सुरु

काभ्रेपलाञ्चोक – वर्षाका कारण रोकिएको अरनिको राजमार्गअन्तर्गत सूर्यबिनायक–धुलिखेल सडकखण्डमा स्तरोन्नतिको

उखु किसानलाई अनुदान रकम अविलम्ब भुक्तान गर्नुपर्छः नेपाल

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

प्रदेश आमसञ्चार विधेयकबारे सरोकार भएकाहरूका चासोप्रति गम्भीर छौँ : मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी प्रदेश आमसञ्चार

राहुल गान्धीको आरोप – भारतमा चुनावको मिति भाजपाले तोक्ने गरेको छ

एजेन्सी – भारतीय कांग्रेसका नेता तथा लोकसभाका प्रमुख प्रतिपक्षी नेता