मकवानपुरबाट करिब १ हजार ७४ किलो गाँजासहित चार जना पक्राउ « Khabarhub

मकवानपुरबाट करिब १ हजार ७४ किलो गाँजासहित चार जना पक्राउ


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– कैलाश गाउँपालिका-५ कटहरेबाट अवैध लागूऔषध गाँजा करिब १ हजार ७४ किलो २ सय ५० ग्राम सहित ४ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ७३ वर्षीय हरि बहादुर वाइवा, ४८ वर्षीय बद्धि बहादुर पाख्रिन, ३४ वर्षीय अरूण गोले र १९ वर्षीय राजेन्द्र लामा रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले हरि बहादुर, बद्धि बहादुर, अरूण, राजेन्द्र, सोही ठाउँ बस्ने गोकर्ण पौडेल, मान बहादुर मोक्तान र सोमलाल गोलेको घर तलासी गर्दा ५४ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले हाल फरार गोकर्ण, मान बहादुर र सोमलालको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  १२ : ५० बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा