‘कुलिङ पिरियड’मा बदमासीबारे रामहरिले भने– छानबिनमा दोषी देखिए कारबाही भोग्न तयार छु « Khabarhub

‘कुलिङ पिरियड’मा बदमासीबारे रामहरिले भने– छानबिनमा दोषी देखिए कारबाही भोग्न तयार छु


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती कर्मचारीसम्बन्धी विधेयकमा भएको हेराफेरीबारे छानबिन हुनु पर्ने बताएका छन् ।

सिंहदरबारमा मंगलबार समितिको बैठकका लागि आएका सभापति खतिवडाले पत्रकारहरूसँगको कुराकानीमा ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्थालाई लिएर विधेयकमा भएको हेराफेरीबारे छानबिन हुनुपर्ने बताएका हुन् ।

‘यत्रो ठूलो मिस्टेक कानुन बनाउने कुरामा कहीँ हुँदैन । त्यसमा हामी छानबिन हुनुपर्छ भन्ने पक्षमा छौँ’, सभापति खतिवडाले भने, ‘लामो सहमतिको विषयमा कसरी परिवर्तन भयो ? यो छानबिन हुनुपर्छ ।’

उनले छानबिनका क्रममा आफू दोषी देखिए कारबाहीको दायरामा आउन तयार रहेको पनि जिकिर गरे । ‘छानबिनमा यदि मेरो दोष देखियो भने म पनि कारबाहीको दायरामा आउन चाहन्छु,’ सभापति खतिवडाले भने, ‘यसमा छानबनिका लागि सभामुखलाई आग्रह गरेका छौँ ।’

‘निजामाती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीको सेवाको अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभइ कुनै संवैधानिक वा सकारी नियुक्ति पाउन छैन’ भन्ने प्रावधान समितिले विधेयकमा रोखको उनले दोहोर्‍याए ।

‘त्यही मूल मर्म थियो । त्यसको मुनी एउटा दफा थपिएर सदनमा पछिबाट गएको हामीले फेला पार्‍यौँ,’ खतिवडाले भने, ‘यो कसको गल्तीबाट भएको छ, कसले गर्‍यो त्यसलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।’

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  १२ : ४१ बजे

रियाद विमानस्थलमा उडान सुरु, थप आक्रमण गर्ने हुथीको चेतावनी

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी राजधानीमा आक्रमण गरेपछि दुई सातासम्म

मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

घोराही– यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य

निर्वाचनका दिन वेस्ट बैंकका सबै स्थल मार्ग बन्द गर्ने इजरायलको घोषणा

एजेन्सी– प्यालेस्टिनी बन्दुकधारीको आक्रमणमा दुई इजरायली सैनिक मारिएपछि इजरायलले वेस्ट

वेष्ट इण्डिजका फेबियन एलेनले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका

युक्रेनले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरेको मस्कको आरोप

काठमाडौँ– अमेरिकी प्रविधि उद्यमी एलन मस्कले युक्रेनी सेनाले स्टारलिङ्क स्याटेलाइट