नागरिकता (दोस्रो संशोधन) विधेयकका सम्बन्धमा प्राप्त सन्देश टेबुल « Khabarhub

नागरिकता (दोस्रो संशोधन) विधेयकका सम्बन्धमा प्राप्त सन्देश टेबुल


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१  का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल भएको छ । राष्ट्रियसभाको आजको बैठकमा सचिव डा सुरेन्द्र अर्यालले उक्त सन्देश सभासमक्ष टेबुल गरेका हुन्  । 

यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठकमा पढेर सुनाएका थिए । 

यही असार १४ गते प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा गएकाले प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले गर्नेगरी तोकिएको अध्यक्ष दाहालले सभामा जानकारी गराए ।
 
यसैगरी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल थाइल्यान्डको कार्यक्रममा सहभागी हुन यही असार १० गते त्यसतर्फ गएकाले  उनको कार्यभार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले गर्ने गरी तोकिएको अध्यक्ष दाहालले बताए। कार्यभार तोकिएका अन्य पत्र समेत उनले सभामा पढेर सुनाएका थिए ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  १ : ०८ बजे

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण