सामाजिक सञ्जालमा हिंसा भोगिरहेका समीक्षा र एलिनाले भेटे गृहमन्त्रीलाई « Khabarhub

सामाजिक सञ्जालमा हिंसा भोगिरहेका समीक्षा र एलिनाले भेटे गृहमन्त्रीलाई


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय सामाजिक सञ्जालमा दुर्वचन र दुर्व्यवहार खेपिरहेका गायिकाद्वय समीक्षा अधिकारी र एलिना चौहानले गृह मन्त्री रमेश लेखकलाई भेटेका छन् ।

मंगलबार गृह मन्त्रालय पुगेर गायिकाद्वयले गृहमन्त्री लेखकसँग भेटेका हुन् । उनीहरूले लेखकसँग आफूहरूले भोगिरहेको समस्या सुनाएका हुन् ।

पछिल्लो समयमा आफूहरूमाथि सामाजिक सञ्जालबाट हिंसा गर्नेहरूको नाम सार्वजनिक गरिरहेका उनीहरूले गृहमन्त्रीसँग समस्या राखेका हुन् ।

गायिक चौहानले भेटपछि लेखेकी छिन, ‘म यहाँसम्म तपाईंहरूको माया र साथले आइपुगेकी हुँ। तपाईंहरूको समर्थन नै मेरो आत्मबल हो। तर सबैले सधैँ राम्रै सोचून् भन्ने अपेक्षा गर्न सकिन्न, त्यो स्वाभाविक हो। तर जब कुरा व्यक्तिगत जीवनमा आँच पुर्‍याउने तहमा पुग्छन्, गालीगलौज र चरित्र हत्या जस्ता भइरहन्छन्, त्यो सह्य हुँदैन।’

उनले जसले यस्ता कुरा गरिरहेका छन्, ती आफ्ना फ्यान नभएका पनि बताएकी छन् । ‘ती त मेरो मन दुखाउन चाहने मात्र हुन्। त्यसैले आत्मसम्मानको रक्षा गर्न बाध्य भई मैले कानुनी प्रक्रिया अघि बढाएकी छु। यो कुनै रिस वा घृणाले होइन, आफ्नो अस्तित्वको सुरक्षा गर्ने अधिकारले उठाइएको कदम हो’, उनले भनेकी छन् ।

यस विषयमा आवश्यक सहयोग गरेकामा गृहमन्त्री लेखकज्यूलाई उनले धन्यवाद दिएकी छन् । ‘तपाईंहरूको साथ र सद्भावनाले मलाई अझ अघि बढ्ने हिम्मत दिएको छ’, उनले भनेकी छन् ।  

उनले सोमबार मात्रै नेपाल प्रहरीको भोटाहिटीस्थित साइबर ब्युरो पुगेर ४ जना ‘हिंस्रक’विरूद्द उजुरी गरेको जानकारी अर्की गायिका एलिना चौहानले दिएकी छन् । उनले आफ्नो निवेदन अनुसार अबिलम्ब कारबाही गर्न पनि माग गरेकी छन् । 

उनीहरूले सामाजिक सञ्जालमा आएर जथाभावी लेख्ने र अश्लील गाली गलौज गर्नेविरुद्ध कारबाही गर्न गृहमन्त्रीसँग माग गरेका छन् ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  १ : ०४ बजे

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि

श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायकेले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– श्रीलंकाली अलराउन्डर थरिन्दु रत्नायकेले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

प्रहरीको ‘स्वीप अपरेसन’, ९२ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ

कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु 

काठमाडौं– कपिलवस्तुको वाणगंगा नगरपालिका –०३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ६३ वर्षीया जलिया

पारिश्रमिक विवादमा आनन्द कार्की र दुर्गेश थापाबीच जुहारी, कार्की भन्छन्-‘एक वर्ष कुर्नुपर्‍यो’

काठमाडौं– नेपाली सङ्गीत क्षेत्रका दुई पुस्ताका गायक आनन्द कार्की र