बल्छीले घोषणा गरे फिल्म ‘गोबर गणेश’, नायिका वर्षा, नायक को ? « Khabarhub

बल्छीले घोषणा गरे फिल्म ‘गोबर गणेश’, नायिका वर्षा, नायक को ?


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार मरिचमान श्रेष्ठ उर्फ बल्छी धुर्बेले फिल्म निर्देशनमा हात हाल्ने औपचारिक घोषणा गरेका छन् । उनले आफ्नै लेखन र निर्देशनमा फिल्म ‘गोबर गणेश’ बनाउने मंगलबार घोषणा गरेका हुन् ।

बल्छीको यो ठूलो पर्दामा डेब्यू हो । यस फिल्मको नायिकामा वर्षा सिवाकोटी फाइनल भइसकेकी छन् । फिल्ममा सितादेवी तिमल्सेना, पुजन अधिकारीको पनि अभिनय रहने बल्छीले बताएका छन् ।

त्यस्तै, ‘होस्टल ३’बाट ठूलो पर्दामा डेब्यू गरेका पदम तामाङ पनि यस फिल्ममा रहनेछन् । कलाकार माओत्से गुरुङ र सन्तोष बानियाँको पनि अभिनय रहेनेछ ।

यस फिल्मको नायक भने बल्छीले अहिलेसम्म सार्वजनिक गरेका छैनन् । उनका अनुसार फिल्मको हिरो फाइनल हुन बाँकी छ । उनले भने, ‘केही नायकसँग कुरा भएको छ । तर, फाइनल हुन नै बाँकी छ ।’

बल्छीले फिल्ममा आफ्नो भूमिका रहनेबारे भने केही खुलाएका छैनन् । यो फिल्मको टाइटल पोस्टरमा प्रदर्शन मिति माघ १ गतेलाई तोकिएको छ ।

भदौको पहिलो साताबाट छायाङ्कनमा निस्कने तयारीमा बल्छी रहेका छन् ।

बल्छी टेलिसिरियल ‘मेरी बास्सै’बाट परिचित बनेका कलाकार हुन् । अहिले उनी आफ्नै लेखन निर्देशन र अभिनय रहेको टेलिसिरिल ‘हल्का रमाइलो’ गर्दै आएका छन् ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  १ : ५० बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल चैत १३ गते शुक्रबार चैत

आज २०८२ साल चैत १३ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत १३ गते शुक्रबार चैत

अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने

काठमाडौँ- शुक्रबार देशले नयाँ प्रधानमन्त्री पाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका

सिंहदरबारमा बालेनको आसन तयार, उत्तर फर्काएर राखियो कुर्सी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता तथा वरिष्ठ

अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक