लमजुङका आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन | Khabarhub Khabarhub

लमजुङका आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

लमजुङ– हिउँदको समयमा घटेको विद्युत् उत्पादन वर्षा लागेपछि लमजुङमा उत्पादन थालेका जलविद्युत् आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन भएको छ । 

यहाँ मर्स्याङ्दी नदी, दोर्दी, मिदिम, खुदी, स्याँगेलगायतका खोलामा पर्याप्त पानी हुन थालेसँगै केही हप्ताअघिदेखि उत्पादन थालेका जिल्लाका १७ आयोजनामा पूर्ण रुपमा बिजुली उत्पादन भएको हो । गत मङ्सिरबाट घटेको विद्युत् उत्पादन यतिबेला पूर्ण क्षमतामा उत्पादन भएको हो । 

जिल्लामा उत्पादन थालेको सबैभन्दा ठूलो बेँसीसहर नगरपालिका–१ दलालस्थित ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनामा गत मङ्सिरको सुरुआतदेखि नै विद्युत् उत्पादन घटेर यस आयोजनाको विद्युत् २४  मेगावाट मात्र उत्पादन हुने गरेको थियो । यतिबेला भने मर्स्याङ्दी नदीमा पर्याप्त पानी भएकाले ७० मेगावाट नै बिजुली उत्पादन भइरहेको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजना केन्द्रका प्रमुख पवन बस्नेतले बताए। 
    
गत वर्षको तुलनामा केही ढिलो गरी विद्युत् उत्पादन बढेको उनको भनाइ छ । मध्यमर्स्याङ्दी आयोजना सन् २००८ मा निर्माण सम्पन्न भएको हो । उक्त आयोजना रु २७ अर्ब २० करोडको लागतमा निर्माणसम्पन्न भएको थियो । यो जलविद्युत् आयोजना जिल्लाकै पहिलो जलविद्युत् आयोजना हो । 

यसपछि जिल्लामा क्रमशः आयोजना निर्माण हुँदै बिजुली उत्पादन हुन थालेको छ । सो आयोजनापछि मस्र्याङ्दी गाउँपालिका–८ भुलभुलेमा ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाले बिजुली उत्पादन थाल्यो । यस आयोजनामा पनि हिउँदमा बिजुली उत्पादन घटेर २५ मेगावाट मात्र उत्पादन भएकामा अहिले नदीमा पानी पर्याप्त भएसँगै पूर्ण क्षमतामा उत्पादन भइरहेको आयोजनाका इन्जिनियर कर्ण अधिकारीले बताए। 

उनले भने, ‘यस वर्ष उत्पादन घट्दा २५ मेगावाटको एउटा टरवाइन मात्र चलाएका थियौँ, अहिले दुईवटा चलाएका छौँ ।’ यहाँ मात्र होइन यतिबेला नेपालभरिकै आयोजनाबाट बिजुली पूर्ण क्षमतामा उत्पादन हुने गरेको उनले बताए । 

त्यसैगरी, दोर्दी कोरिडोरमा रहेको पिपुल हाइड्रोपावर कम्पनीले निर्माण गरेको दोर्दी–६ ढोडेनीस्थित ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ आयोजनाबाट पनि विद्युत् उत्पादन बढेको छ । हिउँमा बिजुली उत्पादन घटेर १३-१४ मेगावाट मात्र बिजुली उत्पादन भएकामा हाल पूर्ण रुपमा बिजुली उत्पादन भइरहेको आयोजनाले जनाएको छ । 

त्यसैगरी, ३० मेगावाटको ङादी जलविद्युत् आयोजना, दोर्दी कोरिडोरमा रहेको हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीले निर्माण गरेको २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत्, दोर्दी–६ ढोडेनीमा लिबर्टी इनर्जी हाइड्रोपावरले निर्माण गरेको २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ आयोजना, चार दशमलव चार मेगावाटको राँधी, तीन मेगावाटको मिदिम करापु तथा दुई मेगावाटको छ्याङ्दी आयोजनाबाट बिजुली पूरै क्षमतामा उत्पादन भएको छ । 

जिल्लामा उत्पादित विभिन्न आयोजनाबाट ३०० मेगावाट बिजुली उत्पादन भएको बताइएको छ । जिल्लाका आयोजनामा बिजुली घट्दा र बढ्दा राष्ट्रलाई नै आर्थिक रुपमा प्रभाव पार्छ । 
 

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  १ : ३८ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय