कुलिङ पिरियडमाथि भएको छेडखानी जनता र संसद् माथिको आक्रमण : सरिता प्रसाईं « Khabarhub

कुलिङ पिरियडमाथि भएको छेडखानी जनता र संसद् माथिको आक्रमण : सरिता प्रसाईं


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य सरिता प्रसाईंले ‘कुलिङ पिरियड’ सम्बन्धी गरिएको व्यवस्थामाथि भएको छेडखानी जनता र संसद् माथिको आक्रमण भएको बताएकी छन् ।  

सिंहदरबारमा मंगलबार पत्रकारहरूले राखेको जिज्ञासामा उनले निजामती कर्मचारीसम्बन्धी विधेयकमा भएको छेडखानी जनता र संसद् माथिको आक्रमण भएको बताएकी हुन् । 

‘हेर्दा यो सिम्पल देखिए पनि धेरै सिरियस कुरा हो । अपराध हो,’ नेपाली कांग्रेसकी सांसद् प्रसाईंले भनिन्, ‘यो जनप्रतिनिधिले कानुनब नाउँदा कानुनमा एउटा कुरा सर्वसम्मत पास भएर जाँदा अर्को कुरा लेखिएर त्यहाँ पठाउनु भनेको यो जनता र पार्लियामेन्टमाथिको अपराध हो ।’

उनले विधेयकमा भएको छेडखानीमा संलग्नमाथि कारबाही हुनु पर्नेमा समिति एकमत रहेको पनि बताइन् । ‘समितिमा रहेका सबै सांसदले सर्वसम्मत लेखेर पठाएको हुँदा जसले गल्ती गर्छ त्यो कारबाहीको भागेदार हुनुपर्छ भन्नेमा समिति क्लियर छ,’ प्रसाईंले भनिन् ।  

उनले विधेयक अन्तिम चरणमा पुगेपछि समितिका सदस्यहरूलाई अध्ययनका लागि उपलब्ध पनि नगराइएको बताइन् । ‘सचिवबाट यस विषमा कुनै ब्रिफिङ भएको छैन । फाइनल गरेको कपी पनि हामीलाई दिइएन,’ प्रसाईंले भनिन्, ‘उहाँ (सचिव) हरूले यसअघि हरेक कुरामा यो विषय यो सँग बाझिन्छ, तपाईँहरूले बुझ्नु होला है, कानुन बन्दै छ भन्नुहुन्थ्यो । त्यो कुरा पनि हामीसँग राखिएन ।’

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  २ : ०८ बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान