१५ औं महाधिवेशनको मिति तोक्न डिला संग्रौलाको प्रस्ताव « Khabarhub

१५ औं महाधिवेशनको मिति तोक्न डिला संग्रौलाको प्रस्ताव


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले १५ औँ महाधिवेशनको स्पष्ट मिति र कार्यतालिका तत्काल तय गर्न प्रस्ताव गरेकी छन् । 

कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबारको बैठकमा धारणा राख्ने क्रममा उनले महाधिवेशनको स्पष्ट मिति र कार्यतालिका तत्काल तय गर्न प्रस्ताव गरेकी हुन् । 

‘पार्टी विधानअनुसार महाधिवेशन वर्षमा क्रियाशील सदस्यता वितरण बन्द हुनुपर्छ, जसलाई कडाइका साथ लागू गर्नुपर्छ,’ केन्द्रीय सदस्य संग्रौलाले भनिन् । 

मंसिरमा महाधिवेशन हुने सम्भावना कम देखिएको भन्दै उनले समयमै कार्यतालिका बनाएर संगठनलाई गतिशील बनाउनुपर्नेमा पनि जोड दिइन् ।

आन्तरिक मनमुटाब र गुटबन्दी त्यागेर पार्टीलाई चलायमान बनाउने गरी काम गर्नुपर्ने बेला आएको संग्रौलाको भनाइ थियो । उनले भ्रातृ संस्थाहरूको अधिवेशनमा ढिलाइ र नेता–कार्यकर्ताबीच बढ्दो दूरीका कारण पनि पार्टीलाई क्षति भइरहेको बताइन् ।

भ्रातृ संस्थाहरूको अधिवेशनका लागि तत्काल कार्ययोजना बनाई समयसीमा तोकेर कार्यान्वयन गर्नुपर्ने संग्रोलाको सुझाव थियो । उनले सरकारबारे धारणा राख्दै वर्तमान गठबन्धन सरकारमा कांग्रेसको उपस्थिति प्रभावकारी नभएको टिप्पणी गरिन् । 

मन्त्रीहरूको कमजोर भूमिका र सबै राम्रा कामको जस प्रधानमन्त्रीलाई जाने अवस्था अन्त्य हुनु पर्नेमा उनको जोड थियो । ‘केही साथीहरू सधैँभरी मन्त्री भइरहने भ्रममा हुनुहुन्छ,’ केन्द्रीय सदस्य संग्रौलाले भनिन्, ‘त्यो भ्रमबाट मुक्त हुनुहोस् ।’

पेशागत तथा बुद्धिजीवी विभागको संयोजकको हैसियतले उनले सातै प्रदेशमा संविधान संशोधनको आवश्यकताबारे अन्तरक्रिया गरेको र प्रतिवेदन केन्द्रमा बुझाइसकिएको बताउँदै नेकपा एमालेसँगको सात बुँदे सहमतिमा उल्लेखित संविधान संशोधनको विषयलाई गम्भीरतापूर्वक लिएर कांग्रेसले संसदमा नेतृत्व गर्नुपर्नेमा उनको जोड थियो ।

संग्रौलाले आगामी चुनावमा नेकपा एमाले मुख्य प्रतिस्पर्धी हुने भएकाले अहिलेदेखि नै संगठन निर्माणमा ध्यान दिन र सरकारमा गएका मन्त्रीहरूले पनि इमानदारिताका साथ काम गर्न आग्रह गरिन् । 

‘मिसन २०८४ को चर्चा चुलिएको छ, तर के कांग्रेस एक्लै चुनाव लड्न तयार छ ?,’ नेतृ संग्रौलाले प्रश्न गर्दै भनिन्, ‘यस विषयमा गम्भीर समीक्षा हुन जरुरी छ ।’

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  २ : २५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै