एमालेको सरकारका कामप्रति नौ प्रतिशत जनतामात्रै सन्तुष्ट  छन् : डिला संग्रौला « Khabarhub

एमालेको सरकारका कामप्रति नौ प्रतिशत जनतामात्रै सन्तुष्ट  छन् : डिला संग्रौला


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले नेकपा एमाले नेतृत्वको सरकारका कामप्रति मात्र नौ प्रतिशत जनता सन्तुष्ट रहेको सर्वेक्षण पार्टीसमक्ष प्रस्तुत गरेकी छन् । 

कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार उनले ‘पुरक एसिया’ नामक गैरसरकारी संस्थाले गरेको सर्वेक्षणको नतिजा प्रस्तुत गरेकी हुन् । 

‘हालको सरकारको कामप्रति जम्मा नौ प्रतिशत मात्रै सन्तुष्ट छन्,’ केन्द्रीय सदस्य संग्रौलाले ‘पुरक एसिया’ को सार्वजनिक सेवा र सुशासन तथा नागरिक असन्तुष्टि सर्वेक्षणको नतिजा प्रस्तुत गर्दै भनिन् । 

उनले सर्वेक्षणमा टेक्दै झण्डै ८४ प्रतिशत जनता राजनीतिक दलहरूसँग असन्तुष्ट रहेका र झण्डै ९४ प्रतिशतले दलहरूकै मिलोमतोमा ठूलो स्तरमा भ्रष्टाचार भई रहेको बताएको पनि बताइन् । 

९० प्रतिशतले दलहरूले नै भ्रष्टहरूलाई संरक्षण गरिरहेको ठान्ने गरेको सर्वेक्षणले देखाएको संग्रौलाको भनाइ थियो । उनले झण्डै ५४ प्रतिशत मतदाताले आगामी चुनावमा विगतको भन्दा फरक दललाई भोट हाल्ने बताएको पनि बताइन् । 

‘तर ७३ प्रतिशतले दलहरूमा नयाँ नेतृत्व आएमा आफूहरूले पुनर्विचार गर्न सक्ने बताएका छन्,’ उनले सर्वेक्षण उद्धृत गर्दै भनिन् । 

सर्वेक्षणअनुसार आमजनताको असन्तुष्टि आर्थिक अवसरको अभाव, संस्थागत भ्रष्टाचार, कमजोर शासन प्रणाली तथा युवाको विदेश पलायनसँग जोडिएको छ । 

‘अक्षम राजनीतिक नेतृत्व र सार्वजनिक संस्थाको कमजोर प्रदर्शनले जनताको विश्वास खस्केको छ,’ उनले भनिन्, ‘बारम्बार सरकार परिवर्तन, राजनीतिक सञ्जाल र नागरिक आवाजको बेवास्ताले आक्रोश बढेको देखिन्छ ।’

केन्द्रीय सदस्य संग्रौलाले गैरसरकारी संस्थाको सर्वेक्षण प्रतिवेदन बैठकमा प्रस्तुत गर्दै सबै केन्द्रीय सदस्यहरूलाई उपलब्ध गराइ दिन केन्द्रीय कार्यालयलाई आग्रह पनि गरिन् । 

‘यो सर्वेक्षणले एउटा प्रदेशको मात्रै हैन, देश भरिकै जनमतको प्रतिनिधित्व गर्छ,’ उनले भनिन्, ‘यो प्रिन्ट गरेर सबै केन्द्रीय सदस्यज्यूहरू लाई बाँडी दिन म केन्द्रीय कार्यालयलाई अनुरोध गर्दछु ।’

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  २ : ३५ बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र