संसद्ले सम्पादन गरेका काममा जालसाँची गरे विश्वास गर्ने निकाय बाँकी रहँदैन : मीन विश्वकर्मा | Khabarhub Khabarhub

संसद्ले सम्पादन गरेका काममा जालसाँची गरे विश्वास गर्ने निकाय बाँकी रहँदैन : मीन विश्वकर्मा


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको सुचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले राज्यको सर्वोच्च अंग संसद्ले सम्पादन गरेका काममा जालसाँची गरिए विश्वास गर्ने निकाय बाँकी नै नरहने टिप्पणी गरेका छन् । 

प्रतिनिधिसभाबाट पारित भएको निजामती कर्मचारीसम्बन्धी विधेयकमा गरिएको ‘कुलिङ पिरियड’को व्यवस्थामा छेडखानी भएपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।  

‘संसद् जस्तो गरिमामय राज्यको सर्वोच्च अंगले सम्पादन गरेका कार्यमा किर्ते, जालसाँची, बदमासी र वैमानी हुन्छ भने कसलाई विश्वास गर्ने ?,’ विश्वकर्माले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । 

उनले सांसदले आफ्नो जिम्मेवारी र दायित्व बहन नगरेको अवस्थामा उठाउनु पर्ने कदमका बारेमा प्रमुख दलहरू बीच गम्भीर समालोचना गर्नुपर्नेमा पनि जोड दिएका छन् । 

‘सांसदको योग्यता, जिम्मेवारी र दायित्व कस्तो हुनुपर्छ ?,’ प्रश्न गर्दै विश्वकर्माले प्रस्ताव गरेका छन्, ‘बहन नगरे के हुने मुख्य दलहरूले गम्भीरतापूर्वक समालोचना गरौँ र निर्मम निर्णय गरौँ ।’

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  २ : ४६ बजे

निषेधाज्ञा हटाएपछि जनजीवन सामान्य

सुदूरपश्चिम– जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको निषेधाज्ञा आजदेखि हटाएको

निर्वाचनका लागि प्रारम्भिक तयारी सुरु

काठमाडौं– प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ गते निर्वाचनको मिति

बिर्तामोड नगरपालिकामा सरसफाइ

बिर्तामोड– जेन-जी प्रदर्शनका क्रममा क्षतिग्रस्त भएको बिर्तामोड नगरपालिका कार्यालयमा आजदेखि

लोकमानलाई शक्तिहीन बनाउने ओमप्रकाशको अग्निपरीक्षा

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषदमा ओमप्रकाश अर्यालले गृह र कानून,

कार्की सरकारमा ११ जनामात्रै मन्त्री हुने

काठमाडौँ – अन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले आफू नेतृत्वको मन्त्रिपरिषद्‌