संसद्ले सम्पादन गरेका काममा जालसाँची गरे विश्वास गर्ने निकाय बाँकी रहँदैन : मीन विश्वकर्मा « Khabarhub

संसद्ले सम्पादन गरेका काममा जालसाँची गरे विश्वास गर्ने निकाय बाँकी रहँदैन : मीन विश्वकर्मा


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको सुचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले राज्यको सर्वोच्च अंग संसद्ले सम्पादन गरेका काममा जालसाँची गरिए विश्वास गर्ने निकाय बाँकी नै नरहने टिप्पणी गरेका छन् । 

प्रतिनिधिसभाबाट पारित भएको निजामती कर्मचारीसम्बन्धी विधेयकमा गरिएको ‘कुलिङ पिरियड’को व्यवस्थामा छेडखानी भएपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।  

‘संसद् जस्तो गरिमामय राज्यको सर्वोच्च अंगले सम्पादन गरेका कार्यमा किर्ते, जालसाँची, बदमासी र वैमानी हुन्छ भने कसलाई विश्वास गर्ने ?,’ विश्वकर्माले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । 

उनले सांसदले आफ्नो जिम्मेवारी र दायित्व बहन नगरेको अवस्थामा उठाउनु पर्ने कदमका बारेमा प्रमुख दलहरू बीच गम्भीर समालोचना गर्नुपर्नेमा पनि जोड दिएका छन् । 

‘सांसदको योग्यता, जिम्मेवारी र दायित्व कस्तो हुनुपर्छ ?,’ प्रश्न गर्दै विश्वकर्माले प्रस्ताव गरेका छन्, ‘बहन नगरे के हुने मुख्य दलहरूले गम्भीरतापूर्वक समालोचना गरौँ र निर्मम निर्णय गरौँ ।’

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  २ : ४६ बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र