कुलिङ पिरियडसम्बन्धी व्यवस्था हटाइनु संसद्को अपमान : शिवाकोटी « Khabarhub

कुलिङ पिरियडसम्बन्धी व्यवस्था हटाइनु संसद्को अपमान : शिवाकोटी


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले निजामती सेवा विधेयकमा गरिएको  छेडखानीप्रति गम्भीर आपत्ति जनाएका छन् । 

प्रतिनिधिसभाबाट दुई वर्षे कुलिङ पिरियडको स्पष्ट व्यवस्थासहित पारित भइसकेको विधेयकमा मर्मविपरीत गरिएको छेडखानीलाई उनले ‘संसद्को अपमान’ भनेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् नेता शिवाकोटीले केही व्यक्तिको साँघुरो स्वार्थका लागि विधेयकमा तोडमोड गरिएको टिप्पणी गरेका छन् । ‘लोकतान्त्रिक विधि र संसद्प्रतिको विश्वासमाथि ठाडो प्रहार भएको छ,’ उनले लेखेका छन् ।

विधेयकको मर्मविपरीत छलछाम गरी संसद्लाई गुमराहमा राखिएको भन्दै शिवाकोटीले यस्तो कार्य नागरिकको विश्वासमाथिको धोका भएको टिप्पणी गरेका छन् । ‘संसद्लाई बुख्याचा बनाउने यस्ता चलखेल अब सैह्य छैन,’ उनले लेखेका छन् । 

शिवाकोटीले संसद्मा पारित विधेयकमा भएको छेडखानीबारे छानबिन गरी संलग्न सबैलाई कानुनी दायरामा ल्याउनुपर्ने मागसमेत गरेका छन् । ‘संसदीय प्रणालीको रक्षा गर्न आजैबाट संसद्को निर्णय उल्ट्याउने प्रवृत्तिलाई रोकिनुपर्छ,’ उनले भनेका छन् ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ३ : २६ बजे

नेपालमा तय तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रम अब अनलाइन माध्यमबाट हुने

काठमाडौं– नेपालमा आयोजना गर्न लागिएको तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रम अब

‘कांग्रेसले जिम्मेवार र परिपक्व भूमिका निर्वाह गर्छ’

जनकपुरधाम- नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले वर्तमान राजनीतिक

भक्तपुरमा ७ हजार रुपैयाँमा ग्यास बेच्ने किराना पसल सञ्चालक पक्राउ

भक्तपुर– भक्तपुरमा खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको आरोपमा प्रहरीले

वामपन्थीहरुलाई एकै ठाउँमा ल्याउने प्रयासमा छौँ : वर्षमान

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’

जुम्लामा ४८ करोड राजस्व संकलन

जुम्ला– आन्तरिक राजस्व कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०८२-८३ मा