कुलिङ पिरियडसम्बन्धी व्यवस्था हटाइनु संसद्को अपमान : शिवाकोटी « Khabarhub

कुलिङ पिरियडसम्बन्धी व्यवस्था हटाइनु संसद्को अपमान : शिवाकोटी


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले निजामती सेवा विधेयकमा गरिएको  छेडखानीप्रति गम्भीर आपत्ति जनाएका छन् । 

प्रतिनिधिसभाबाट दुई वर्षे कुलिङ पिरियडको स्पष्ट व्यवस्थासहित पारित भइसकेको विधेयकमा मर्मविपरीत गरिएको छेडखानीलाई उनले ‘संसद्को अपमान’ भनेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् नेता शिवाकोटीले केही व्यक्तिको साँघुरो स्वार्थका लागि विधेयकमा तोडमोड गरिएको टिप्पणी गरेका छन् । ‘लोकतान्त्रिक विधि र संसद्प्रतिको विश्वासमाथि ठाडो प्रहार भएको छ,’ उनले लेखेका छन् ।

विधेयकको मर्मविपरीत छलछाम गरी संसद्लाई गुमराहमा राखिएको भन्दै शिवाकोटीले यस्तो कार्य नागरिकको विश्वासमाथिको धोका भएको टिप्पणी गरेका छन् । ‘संसद्लाई बुख्याचा बनाउने यस्ता चलखेल अब सैह्य छैन,’ उनले लेखेका छन् । 

शिवाकोटीले संसद्मा पारित विधेयकमा भएको छेडखानीबारे छानबिन गरी संलग्न सबैलाई कानुनी दायरामा ल्याउनुपर्ने मागसमेत गरेका छन् । ‘संसदीय प्रणालीको रक्षा गर्न आजैबाट संसद्को निर्णय उल्ट्याउने प्रवृत्तिलाई रोकिनुपर्छ,’ उनले भनेका छन् ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ३ : २६ बजे

रियाद विमानस्थलमा उडान सुरु, थप आक्रमण गर्ने हुथीको चेतावनी

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी राजधानीमा आक्रमण गरेपछि दुई सातासम्म

मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

घोराही– यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य

निर्वाचनका दिन वेस्ट बैंकका सबै स्थल मार्ग बन्द गर्ने इजरायलको घोषणा

एजेन्सी– प्यालेस्टिनी बन्दुकधारीको आक्रमणमा दुई इजरायली सैनिक मारिएपछि इजरायलले वेस्ट

वेष्ट इण्डिजका फेबियन एलेनले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका

युक्रेनले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरेको मस्कको आरोप

काठमाडौँ– अमेरिकी प्रविधि उद्यमी एलन मस्कले युक्रेनी सेनाले स्टारलिङ्क स्याटेलाइट